गौर घटना सन्दर्भः शनिवार मशाल जुलुश र आईतवार भव्य जनप्रदर्शन गर्नेः जनप्रदर्शन समितिको उदघोष

0 Shares
रौतहट, ५ भदौं । गौर घटना सन्दर्भमा सर्वोच्च अदालतको परमादेश पश्चात विहवार बसेको सर्वदलिय एवं सर्वपक्षिय बैठकबाट जिल्ला जनप्रदर्शन समितिको गठन गर्दै मशाल जुलुश र भव्य जनप्रदर्शन गर्ने उदघोष गरेका छन् ।
रौतहट उद्योग वाणिज्य संघको गौर स्थित सभाकक्षमा सम्पन्न भएको सर्वदलिय एवं सर्वपक्षिय बैठकबाट सदरमुकाम गौरमा आउदो शनिवार भदौं ७ गते साँझ ६ बजे वृहत मशाल जुलुश प्रदर्शन गर्ने तथा आईतवार अर्थात ८ गते गौरमा भव्य जनप्रदर्शन गर्ने निर्णय भएका हुन् ।
बैठकमा सम्मननिय सर्वोच्च अदालतबाट भएको परमादेश पछि विकसित राजनीतिक परिवेशलाई मध्यनजर राख्दै छरिएर रहेकाहरु आज एकढिक्का भएर समितिका संयोजक रामकिशोर यादवको अध्यक्षतामा तीन सूत्रीय निर्णय गरेर कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएको बुझिएको छ ।
गौर घटनाको १९ बर्ष पछि सर्वोच्च अदालतबाट जारी भएको आदेशबाट मधेशको राजनीति गर्नेहरुलाई तह लगाउन बदनियत एवं मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न गराउन प्रपंचका रुपमा यस समितिले लिएको छ । समितिले जिल्लाको चारै क्षेत्रमा नेताहरुलाई खटाएर जनताहरुलाई जागरुक बनाई शनिवारको मशाल जुलुश र आईतवारको भव्य जनप्रदर्शनको तयारीमा जुट्न सम्पूर्ण जिल्ला बासी संग जनप्रदर्शन समितिले आग्रह गरेका छन् ।
उक्त बैठकमा संविधान सभा सदस्य बबन सिंह, पूर्व प्रदेश साँसद बाबुलाल साह, पूर्व प्रदेशका राज्य मन्त्री योगेन्द्र राय यादव, रेबन्त झा, अनिल सिंह, अमर यादव, विश्वनाथ पटेल, छोटन सिंह, रामेश्वर यादव, शंकर यादव, उमेश तिवारी, भुषण सिंह, राजिव सिंह, किरण ठाकुर, भाग्यनारायण साह, गौरीकान्त मिश्र, वृजकिशोर यादव, अनिल यादव, श्याम यादव, राजकुमार दास सहितका विभिन्न दलका नेता सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।