आ–आफना घरको अभिलेखिकरण गर्न चन्द्रपुर नगरपालिकाद्वारा एक महिनाको अन्तिम पटक समयसिमा तोक्यो

0 Shares
चन्द्रपुर (रौतहट), ६ भदौं । चन्द्रपुर नगरपालिका क्षेत्र भित्र घरधनीहरु आ–आफना घरको अभिलेख गराउन छुट भएकाहरुको लागि अन्तिम पटक अभिलेखिकरण गर्नका निमित्त एक महिनाको समय सिमा निर्धारण गरिएका छन् ।
चन्द्रपुर नगरपालिकाले अभिलेखिकरणमा छुट भएका पुराना घरधनीलाई अन्तिम पटक सूचना जारी गर्दै एक महिना भित्र आ आफना घरहरुको अभिलेखिकरण गराउन समय सिमा निर्धारण गरिएका सूचना सवैमा जारी गरेका हुन् ।
आर्थिक वर्ष २०७७÷०७८ को निर्देशिका अनुसार चालु आर्थिक बर्षको भदौ २ गते बसेको नगर कार्यपालिका बैठकले शतप्रतिशत जरिवाना असुल गरी छुट भएका घरहरूको अभिलेखिकरण गर्ने निर्णय  नगरपालिकाको कार्यपालिकाको बैठकबाट गरिएको छ ।
नगरपालिकाले आफ्ना नागरिकलाई सुविधा दिन एक पटकका लागि मात्र अभिलेखिकरण खुला गरेको जनाएको छ । भवन आचारसंहिता अनुसार २०७४ सालअघि निर्माण भएका घरहरू अभिलेखिकरण गर्न संघीय सरकारको निर्देशिका अनुरुप बनेको कार्यविधीले पटक–पटक आहवान गरे पनि यसपटक अन्तिम मौका दिने गरी निर्णय गरिएको बताइएको छ ।
निर्धारित शुल्क अनुसार पुराना घर अभिलेखिकरण गर्न प्रति स्क्वायर ८ रुपैयाँ लाग्नेछ भने नयाँ नक्सा पासको लागि प्रति स्क्वायर ५ रुपैयाँ लाग्ने नगर प्रमुख सञ्जय काफ्लेले बताउदै कसैको उक्साहटमा नलागी तोकिएको समयमै अभिलेखिकरण गरी सुरक्षित बन्न सबैलाई आग्रह गरे ।
चन्द्रपुर क्षेत्रमा नक्सा पास नगरी घर निर्माण गर्नेको संख्या धेरै छ । प्रायः नागरिकले बैंकबाट ऋण लिनुपर्दा मात्रै नक्सा पास गर्ने प्रवृत्ति देखिएकोमा  यसलाई निरुत्साहित गर्न जरुरी रहेको नगरप्रमुख काफ्लेले बताए ।
वडा नम्वर १ का अध्यक्ष बलराम राउतले आफ्ना नागरिकलाई अन्तिम पटक दिइएको अवसर गुमाउन नहुन आग्रह गरे । नयाँ घर निर्माण गर्दा सुरुदेखि नै मापदण्ड अनुसार बनाउनु पर्नेमा नागरिकले त्यस विपरित अटेर गरेर घर निर्माण गरेर अभिलेखिकरण गर्ने प्रबृतीले भवनसंहिता विपरित घर निर्माण हुने गरेको छ ।
नगरपालिकाले समयमै नक्सा पास गरेर घर बनाउनेलाई तुलनात्मक रुपमा कम शुल्क लाग्ने जानकारी समेत दिएको छ । तोकिएको समयसीमा भित्र अभिलेखिकरण नगर्ने घरधनीलाई आगामी दिनमा घरको अभिमुखिकरण नहुने नगरपालिकाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।