पर्यटक र अध्ययन भिसामा आएर होस्टेलमा बसेर धर्मको प्रचार गर्ने तीन विदेशी महिला नियन्त्रणमा

0 Shares
एआई प्रविधिबाट तयार पारिएका तस्वीर
नेपाली धर्ती यतिखेर विदेशी नागरिकहरुको लागि विभिन्न गतिविधि गर्ने प्रयोगशाला जस्तै बन्दै गएका छन् ।
पर्यटक एवं अध्ययन भिसामा आई नेपालको विभिन्न स्थानबाट शंकाष्पद गतिविधिमा संलग्न रहेर आ आफनो स्वार्थ पुरा गर्नमा लागि परेका हुन् । चिन, पाकिस्तान, अरव देश सहित विभिन्न मुलुकका बासिन्दाहरु यहाँ आएर गैरकानुनी गतिविधिमा संलग्न रहेका पाइएका छन् ।
यस्तै शंकाष्पद गतिविधिमा संलग्न रहेको आरोपमा तीन जना इन्डोनेसियाका महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा अध्यागमन विभागले ललितपुरको धोबीघाट स्थित हिमालय शिक्षा तथा हितेशी समाज सञ्चालित गल्र्स होस्टेलबाट तीन जना इन्डोनेसियन महिलालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा एक जना पर्यटक भिसा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए । तर, अनुसन्धानबाट उनीहरू कुनै पनि शैक्षिक संस्थामा भर्ना नभएको खुलेको छ । उनीहरूले उक्त होस्टेलमा टर्कीस र कुरान भाषा सिकाउने तथा मुस्लिम धर्मको प्रचारप्रसार गरिरहेको भेटियो ।
उक्त संस्थाले अन्तर्राष्ट्रिय स्रोतबाट धर्म प्रचारका लागि वार्षिक २ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने गरेको अनुसन्धानबाट खुलासा भएको छ । अध्यागमन विभाग श्रोतका अनुसार होस्टेलमा ५० जना छात्राहरूलाई कुरान पढाइरहेको अवस्थामा महिलाहरूलाई पक्राउ गरिएका थिए ।
छात्राहरू कुनै अन्य शैक्षिक संस्थामा अध्ययनरत रहेको थिएन । साथै, ललितपुरको ज्वागलमा सञ्चालित ब्वाइज होस्टेलमा पनि विभिन्न जिल्लाका व्यक्तिहरूलाई कुरान पढाउने र धर्म प्रचार गर्ने कार्य भइरहेको पाइएपछि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार पर्यटक भिसामा रहेका विदेशी नागरिकले कुनै पनि काम गर्न वा भिसाको उद्देश्य बाहेक अन्य गतिविधिमा संलग्न हुन नपाउने स्पष्ट प्रावधान रहेको छ । गैरकानुनी गतिविधिमा संलग्न विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना र नेपाल पुनः प्रवेश गर्नमा रोक लगाउँदै निष्कासन गर्ने कानुनी व्यवस्था रहेको बुझिएको छ ।
उक्त कार्यमा संलग्न रहेकी तिन जना इन्डोनेसियन महिला विरुद्ध आवश्यक अनुसन्धान जारी रहेको विभागले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।