विगत ५ महिना देखि तलव नपाएका शिक्षकहरुले शिक्षा शाखामा ताला लगाए

564 Shares

तराई टप
रौतहट, २ पुस । शिक्षक शिशिकाहरु तलवको माग गर्दौ रौतहटको फतुवा बिजयपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका छन ।
नियमित रुपमा विद्यालयमा अध्ययन अध्यापन गराउदै आएपनि विगत पाँच महिना देखि तलवको लागि पटकपटक आन्दोलन गर्दा पनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको भन्दै आक्रोशित शिक्षक शिक्षिकाहरु एवं विद्यालयमा कार्यरत कर्मचारीहरुले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।
माध्यमिक विद्यालय दुधिअवाका कर्मचारी गोविन्द चौधरीको अगुवाईमा गएको शिक्षक तथा कर्मचारीहरुले नगरपालिकाको कर्मचारीलाई बाहिर निकालेर शुक्रबार दिउँसो १ बजे शिक्षा शाखामा तालाबन्दी गरेको सरस्वती प्राविका प्रधानाध्यापक सुबोध यादवले बताए । तलबको माग गर्दै शिक्षक शिक्षिका तथा कर्मचारीहरु गत मंसिर २५ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन ।
फतुवा बिजयपुरका मेयर गोपाल यादव लगायत जनप्रतिनिधिले तलब निकासा गराउन कुनै पहल नगरेको तथा नगर शिक्षा संयोजक हरेन्द्र यादव सधैं अनुपस्थित रहने गरेको गुनासो शिक्षकहरुले गरे । आउंदो आइतबार सम्म शिक्षक कर्मचारीको तलब निकासा नभएमा बाध्य भएर सोमबार फतुवा बिजयपुर नगरपालिका कार्यालयको मुलगेटमा तालाबन्दी गर्ने पीडित शिक्षक तथा कर्मचारीले चेतावनी दिएका छन ।
फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका २९ बिद्यालयको शिक्षक, शिक्षिका तथा कर्मचारीगरी २०० भन्दा बढिले गत साउन देखि हालसम्म तलब पाउन सकेका छैनन । जनप्रतिनिधिले तुरुन्तै तलब निकासा गराउने आश्वासन दिंदै आएपनी हालसम्म तलब नपाएकामा बाध्य भएर कडा कदम उठाउनु परेको कर्मचारी गोविन्द चौधरीले भने । नगरपालिकाको प्रशासन फाँटको अधिकृत प्रमोद गुप्ताले नगरसभा पछि बन्दसत्रको काम पूरा हुन नसकेको कारण उनीहरुको तलब निकासा हुन नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार