जलश्रोत तथा सिंचाई विभागका उपमहानिर्देशक सहितको टोलीद्वारा वागमती नदीको निरीक्षण

0 Shares
रौतहट, ६ भदौं । प्रमुख जिल्ला अधिकारीद्वारा सिंचाई तथा जलश्रोत विभागका उपमहा निर्देशक सहितका पदाधिकारीहरु संग वागमती नदी नियन्त्रण र गौरमा हुने डुवानको समस्या समाधानका लागि स्थलगत अवलोकन गरिएको छ ।
निकट भविष्यमा नेपाल–भारत सरकारको जलश्रोत मन्त्रालय स्तरिय हुने बाइलेटरल बैठक अगाडी वागमती र लालबकैयाको अवस्था वारे जानकारी लिन जलश्रोत तथा सिंचाई विभाग काठमाडौंको टोलद्वारा वागमती नदीको अवस्था बुझेका हुन् ।
जलश्रोत तथा सिंचाई विभागबाट आएका टोलीलाई प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले वागमती र लाल बकैया नदीको अवस्था र त्यसबाट हुने डुवानको समस्या वारे जानकारी गराउदै राजदेवी नगरपालिका–६ स्थित विभिन्न स्थानमा भएको कटान र नियन्त्रणका प्रयासहरुको स्थलगत रुपमा अनुगमन निरीक्षण गराएर जानकारी गराए ।
वागमती र लाल बकैया नदी रौतहट जिल्लाको अभिसापको रुपमा रहेको छ । यसपाली पर्याप्त बर्षा नहुँदा बाढिको समस्या नभएपनि कटानको समस्या धेरै रहेको जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी खड्काले वागमती नदीले राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई तथा लाल बकैया नदीले बौधीमाई, परोहा, मौलापुर, देवाही गोनाही र कटहरिया नगरपालिकाको विभिन्न स्थानमा भएको कटानलाई तदारुक्ताका साथ मर्मत कार्य युद्ध स्तरमा गराई थप क्षति हुनबाट जोगाएको स्पष्ट पारे ।
उक्त मर्मतका कार्यमा सुरक्षाकर्मीहरुको महत्वपूर्ण भुमिकाका कारण कुनै अप्रिय घटना नभएको तथा यी दुई नदिले बाढी, डुवान र कटानको समस्या प्रचुर मात्रामा रहेको हुँदा विभिन्न स्थानमा बनाइएका सुलिस गेटहरुको पनि निरीक्षण अनुगमन गरिएको प्रजिअ खड्काले भने ।
जलश्रोत तथा सिंचाई विभाग काठमाडौंका उप महानिर्देशक सन्तोष कैनी, विभागका सिडिई प्रेमनाथ लासिवा, जलश्रोत तथा सिंचाई व्यावस्थापन कार्यालय धनुषाका प्रमुख रविन्द्र शर्मा, सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेत, डिएसपी राजु कार्की सहितका व्यक्तिहरु अनुगमन रहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।