download zoom max download zoom aoo zoom recording download online zoom meeting download windows 10 pc 64 app - zoom meeting download windows 10 pc 64 app zoom meeting join a meeting online ok teams zoom app zoom 2019 version download

नेपाल संगको सम्बन्ध कुनै पनि अवस्थामा विगार्न दिदैनौ रक्षा मन्त्री राजनाथ सिंह

   ३ पुष २०७८, शनिबार ०९:४९  

एजेन्सी
नयाँ दिल्ली, ३ पुस । नेपाल भारत विचको मित्रता सहितको सम्बन्ध जानी जानी भारतले विगार्न नचाहेको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताए ।
भारतको उत्तराखण्डमा हालै एक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाल भारत विचको सदियौं देखि कायम रहेको सम्बन्धलाई विगार्न केही अदृष्य तत्वहरु लागि परेको हुँदा त्यस्ता तत्वलाई पहिचान गरिसकेको स्पष्ट पारे । भारत सधै नेपाली जनताको प्रगती, उन्नती, विकासको पथमा अगाडी बढेको हेर्न चाहन्छ र सधै सकारात्मक सोचका साथ अघि बढिरहेको अवस्थामा भारत कहिल्यै पनि जानी जानी सम्बन्ध विगार्न सक्दैनन् उनले भने ।
रक्षामन्त्री सिंहले तेस्रो पक्ष को हो भन्नेबारे केही खुलाएनन । उनले नेपालसँग भारतको रोटी बेटी तथा सांस्कृतिक सम्बन्ध रहेको पटक पटक दोहो¥याए । साथै उनले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै पनि बिगार्न नचाहेको बताए । उनले भने, ‘जेसुकै भए पनि हामीलाई शीर झुकाउनु किन नपरोस् तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’
सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गरेका थिए । तिब्बतको उल्लेख गर्दै उनले तिब्बतसँग भारतको पनि भावनात्मक सम्बन्ध रहेको तर अहिले परिस्थिति बदलिएको बताए । तर, लिपुलेक भएर हिन्दुहरुको महान धार्मिक स्थल मानसरोवर तर्फ जाने बाटो खुलेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै