संघिय राजधानीमा उखु किसानको आन्दोलन प्रति समर्थन जनाए बलरा नगरप्रमुख कुशवाहा

0 Shares
सर्लाही । संघिय राजधानी काठमाडौंको सिंहदरवार क्षेत्र नजिकै रहेका माइतीघर मण्डेलामा जारी उखु किसान आन्दोलन प्रति बलरा नगरपालिकाको नगरप्रमुख  रामाशंकर प्रसाद कुशवाहाले ऐक्यबद्धता जनाउँदै सक्रिय साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
आन्दोलनको दोस्रो दिन काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुँदै नगरप्रमुख कुशवाहाले किसानको पीडा राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
“किसान देशको मेरुदण्ड हो, उनीहरूको हकअधिकार र न्यायोचित माग सुन्ने, बुझ्ने र समाधान गर्ने दायित्व राज्यको हो, किसानलाई ओझेलमा राखेर देश समृद्ध हुन सक्दैन, त्यसैले बलरा नगरपालिकाको तर्फबाट हामी आन्दोलनलाई पूर्ण समर्थन गर्दछौं,” नगरप्रमुख कुशवाहाले भने ।
उनले उखु किसान आन्दोलनलाई सबल र प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । “किसानको माग अन्तिम निष्कर्षमा नपुगेसम्म हाम्रो सक्रिय साथ, सहयोग र सहभागिता रहनेछ,” भन्दै उनले सम्पूर्ण किसान र आन्दोलनमा साथ दिने समर्थकहरूलाई हार्दिक आभार व्यक्त गरे।
नगरप्रमुख कुशवाहाले किसानहरूको सहभागितामै विभिन्न बालीहरूको मूल्य निर्धारण गर्नुपर्ने र वर्षै पिच्छे आन्दोलन गर्न नपर्ने वातावरण बनाउन सरकारलाई आग्रह पनि गरे ।
बलरा नगरपालिकाले किसान आन्दोलनप्रति देखाएको समर्थनले देशभरका किसानहरूलाई थप हौसला प्रदान गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।