सर्लाही, ११ भदौं । सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा रहेका सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (विओपी) सखुवबामा कार्यरतहरु आफनो पदीय जिम्मेवारी विपरित लक्ष्मिकान्त लिएर तस्करीको काम गराउदै आएको एक भिडिया क्लिपबाट खुलाशा भएका छन् ।
सीमा क्षेत्रबाट अवाञ्छित क्रियाकलापको नियन्त्रण, चोरी तस्करी नियन्त्रण गराई राजस्वमा वृद्धि गराउने, सीमा क्षेत्रमा रहेका स्तम्भहरुको निगरानी गर्ने लगायतका कार्यहरुका लागि सशस्त्र प्रहरीलाई सीमा क्षेत्रको विभिन्न स्थानहरुमा अहोरात्र डिउटी खटिने सुरक्षाकर्मीहरु ठिक त्यसको विपरित कार्य गरेर आर्थिक लाभमा मस्त रहेको हुँदा सर्लाहीको सीमा क्षेत्रबाट व्यापक मात्रामा तस्करीको कार्य जारी रहेका हुन् ।
नेपालको सुरक्षालाई मजबुत पार्न खटाइएको विओपी कार्यालय अहिले तस्करहरू सँग साँठगाँठको केन्द्र सखुवबा बन्न थालेको छ, र त्यसको ठूलो दोषि सई रहेको छ किन भने उनले रकम संकलन गर्न घुमुवा परिचालन गरेको छ ।
रातीको समयमा नेपालबाट काठ, चानिज मोटर, चानिज स्याउ, मदिरा तथा भारतबाट दैनिक उपभोग्यका बस्तुहरु, कपडा, स्पेयर पाट्र्सहरु रातिमा ११ बजे देखि ३ बजे सम्म पिकपबाट दैनिक ओहर दोहर भईरहेका छन् । तर त्यो पैसा लिने हवलदार सुमन लाई सईले परिचालन गरेको स्थानीय बासिन्दाहरु बताउछन् ।
भदौं ८ गते राति १२ बजेको समयमा सईद्वारा परिचालित सशस्त्रका घुमुवा सुमनले कारोवारीहरु संग २२ हजार नगद लिएको भिडियाको रुपमा प्रमाण फेला परेका छन् ।
भारतसँगको सिमाना जोडिएको जिल्लाको सीतामर्ही इन्दर्बा नाकामा क्रियाशील रहेका तस्कर समूहहरूलाई खुलेआम संरक्षण दिइरहेको आरोप उनमाथि लागिरहेको छ । सीमामा कडाई गर्नुको सट्टा, तिनै तस्करहरूबाट आर्थिक लाभ लिने लालचमा परेर तस्करीलाई सहज बनाउने कार्य सशस्त्र प्रहरीको भूमिकामा देखिन थालेका छन् यतीखेर सर्लाहीमा ।
सामान्य नागरिकहरू सिमाबाट आउजाउ गर्दा बिभिन्न बहानामा दुःख पाइरहेका छन् । तर, अर्कोतर्फ ती तस्करहरू जो खुलेआम अवैध सामग्री ओसारपसार गरिरहेका छन्, उनीहरूलाई सैइले रातीको समयमा रकम लिएर काम खुल्म खुला गर्न छुट दिएको श्रोतले बतायो ।
सशस्त्र सीमा बल नेपाल नम्वर १० गणका गणपति एवं एसपी देव बहादुर चन्दले विओपी सखुवबाका सई र हवलदार दुबैलाई गणमा तानेर आवश्यक अनुसन्धान गरी कारवाही गर्ने प्रतिक्रिया दिए । सर्लाहीको् सीमाक्षेत्रबाट ठूलो तस्करी भईरहेको सम्बन्धमा उनले केही बोल्न चाहेनन ।
स्मरणीय रहोस, सर्लाहीको छनकी देखि लिएर सग्राम्पुर सम्मको भारत संग जोडिएका नाकाहरुबाट ठूलो परिमाणमा तस्करी कार्य निर्वाध रुपमा संचालनमा आएका छन् । उक्त कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितका जिम्मेवार निकायहरु आर्थिक चलखेलमा परेर तस्करी कार्यलाई बढावा दिएका छन् । जसको ज्वलन्त उदाहरण सशस्त्र प्रहरीले २२ हजार नगद लिदै गरेको भिडियो क्लिप फेला परपछि सर्लाहीमा तस्करीको जरो कति हद सम्म रहेको छ त्यसको पुष्टि गरिदिएका छन् ।
क्षेत्रमा बस्ने क्षेत्रिय हाकिमहरु पनि लक्ष्मिकान्तमै रमाउनमा मस्त रहेको पाइन्छ । मधेश प्रदेशमा अपराध बढेकै बढे छ तर उक्त कार्य नियन्त्रण गर्नुपर्नेमा तस्करी चरम सिमामा रहदा त्यसलाई रोक्नु नितान्त आवश्यक रहेको देखिन्छ अन्यथा तराई मधेशका जनताहरु असुरक्षित हुने निश्चित देखिन्छ ।
सर्लाही जिल्लाको बहादुरपुरबाट विजय यादव, सिम्रा फेनहराबाट सरोज यादव र मलंगवाबाट धर्मेन्द्रको पिकअपबाट कारोवारी जारी रहेका छन् । यिनीहरु सर्लाहीका ठूलठूला तस्करको श्रेणीमा पर्ने गर्दछन् । नेपालबाट स्याउ र भारतबाट दैनिक उपभोग्य देखि लिएर सम्पूर्ण सामानहरुको नेपाल प्रवेश गराउन ठूलो गिरोह नै यतिखेर सर्लाहीमा सक्रिय रहेका छन् ।