चोरीतस्करीका कारण रौतहटको वन क्षेत्र दिनप्रति दिन उजाड बन्दै

0 Shares
फाइल तस्वीर
रौतहट, २० भदौं । “जुन जोगी आए कानै चिरेको” भन्ने नेपाली उखान झै रौतहटको डिभिजन वन कार्यालयमा जुनसुकै प्रमुख आएपनि वन क्षेत्रबाट हुने काठको चोरी तस्करी नियन्त्रण हुनुको साटो बढ्दै गएका छन् ।
कुनै वेला चार कोशे झाडीको रुपमा प्रख्यात रहेका रौतहटको वनजंगल जोगाउने साकारात्मक सोचको अभावमा दिनदिनै भईरहेका कटान र चोरी तस्करीका कारण रौतहटको घना वन क्षेत्र उजाड बन्दै गएका हुन् ।
सामुदायिक वन होस वा साझेदारी वन किन नहोस सबैको हाल उस्तै उस्तै रहेको छ । जंगलमा भएका बहुमूल्य काठ साल, खयर, सिसौं लगायतका विभिन्न प्रजातिका रुखहरु छानी छानी कटान गरी चोरी तस्करीको माध्यमबाट केही व्यक्ति एवं कर्मचारीको स्वार्थका कारण यहाँको वन क्षेत्र उजाड एवं विनाश हुदै गएको हो ।
वनजंगलको विनाश संगै यहाँका स्थानीय बासिन्दाहरु माथि परिरहेको नकारात्मक असरको कारण पर्यावरणमा प्रतिकुल असर परेको विज्ञहरु बताउछन् । रंगपुर साझेदारी वन उपभोक्ता समिति र जंगलसहिया साझेदारी वन उपभोक्ता समिति अन्तर्गतका वन क्षेत्र सहित समग्रमा रौतहटको वन क्षेत्रको अवस्था निकै भयावह रहेका छन् ।
केही स्थानीयका अनुसार दाउराको नाममा काँचो सालका रुख काटेर गोलिया बनाउने, वन भित्रै चिरान गरेर चिरान मिलसम्म पुर्याएर बिक्री गर्ने प्रवृत्ति यतिखेर यहाँ बढेको छ । “सानो सानो सालको गोलिया चिरान मिलमा लगेपछि चार–पाँच हजार रुपैयाँ सजिलै पाउने आशमा चोरी तस्करी मौलाउदै गएको स्थानीय बासिन्दा विनोद चौधरीले बताए” ।
वन विनाशमा कर्मचारीको भुमिका महत्वपूर्ण
वन क्षेत्रबाट हुने चोरी तस्करीमा वन कर्मचारी तथा साझेदारी वनका हेरालु कर्मचारीहरु संलग्न रहेको आरोप स्थानीयको छ । उनीहरूका अनुसार कर्मचारी र तस्कर बीच आर्थिक लेनदेन भएर उक्त कार्यहरु निर्वाध रुपमा जारी रहेको बताइएको छ । कहिले काँही आर्थिक लेनदेनमा कमी भएपछि मात्रै स्कारपियो, साइकल, मोटरसाइकल सहितका सवारी साधनहरु बरामद हुने गरेको ति श्रोतले दाबी गरे ।
तर उक्त सवारी साधनहरु बरामद भएपनि चालक वा तस्कर कहिले पनि पक्राउ नपर्नाले वन कर्मचारीको भुमिका संदेहको घेरामा आउने गरेका छन् ।
हालसालै मात्र वन क्षेत्रबाट दाउरा र गोलिया बोक्ने चारपांग्रे केही गाडी बरामद भएका छन् । तर चालक र मालिक सजिलै भाग्न सक्ने अवस्था देखिनुबाट वन कर्मचारीको कार्यशैली माथि गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् ।
रौतहटको वन क्षेत्रबाट दिनहुँजसो काठ चोरी तस्करी भईरहेदा पनि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले आवश्यक प्रभावकारी कदम नचालेकोमा स्थानीयहरु वन कार्यालय माथि आक्रोश व्यक्त गरे ।
वन क्षेत्रमा हुने गरेका हानी नोक्सानीलाई नियमन गर्न निगरानी बढाउन, काठ चोरीमा संलग्न गिरोहलाई पक्राउ गरी कानूनी कारबाही गर्न र कर्मचारीहरूको संलग्नताबारे छानबिन गर्न सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको स्थानीयहरुले आग्रह गरे ।
स्मरणीय रहोस, २९ हजार ७ सय हेक्टर क्षेत्रफलमा फैलिएका यहाँको वन क्षेत्र कागजमै सिमित रहेको देखिन्छ । रौतहटको वन क्षेत्रमा अतिक्रमण गरेर भोलेनटार जस्तो कति वस्ती बसाइएको छ । त्यहाँ राज्यकै अन्य निकायबाट सबै सुविधाहरु पुर्याइएका छन् । तर अतिक्रमित बस्तीलाई हटाउन डिभिजन वन कार्यालय संग आँट छ नत राज्य संग छ जस्का कारण दिनप्रतिदिन रौतहटको वन अतिक्रमित हुँदै उजाड बन्दै गएको छ ।
वन क्षेत्र उजाड बन्दै जानुको परिणाम पर्यावरणमा नकारात्मक असर परिरहेको छ । त्यस कारण अविलम्ब सम्बध निकायले समयमै ध्यान पुर्याएर रौतहटको वनलाई जोगाउने तर्फ यथोचित कदम उठाउनु नितान्त आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।