नेपाल अमेरिका संगको सम्बन्ध विगार्न चिनियाँ गुप्तचर नेपालमा परिचालित, नेपालमा बढ्दै गएको चिनियाँ हस्तक्षेप विरुद्ध काठमाडौमा प्रदर्शन

तराई टप
काठमाडौं, ४ पुस । नेपालको आन्तरिक मामिलाको साथै नेपाली भुमिलाई आफनो अधिनमा पार्ने उद्देश्यका साथ नेपालमा बढ्दै गएको चिनियाँ हस्तक्षेपको नेपाल डेमोक्रेट युनियनले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
नेपाल र अमेरिका बीचको सम्बन्धनलाई बिगार्न चीनले गुप्तचर खटाएको र नेपालमा कोभर्ट अप्रेशन चलाइरहेको आरोप सहित युनियनले विरोध प्रदर्शन गरेको हो । चीनले हुम्ला, रसुवा, दोलखा, मुस्ताङ लगायतका जिल्लामा नेपाली भूमि मिचेकोमा समेत युयिनले संघिय सांसदहरुको ध्यानाकर्षण गराएको छ ।
एमसीसी विरुद्ध गलत प्रचार चिनले गर्न लगाएको, नेपाली राजनितिक पार्टीमा रकमी चलखेल गरेर आन्तरिक झगडा लगाएको समेत युयिनको दाबी छ । युनियनका प्रेसिडेन्ट सिद्धार्थ गौतमले एक विज्ञपित जारी गर्दै भैरहवमा चिनियाँ झण्डा फहराएर चीनले नेपालको सार्वभौमिकता माथि हस्तक्षेप गरेको दावी गरेका छन् । तर उक्त घटना प्रति नेपाल सरकारले केही नबोल्नुबाट प्रष्ट हुन्छ नेपालमा कति हद सम्म चिनियाँ दवाव बढेको छ । उक्त दवावबाट मुक्ति पाउन विरोध लगायतको अन्य कार्यहरु यथाशिघ्र संचालनमा ल्याउनु पर्ने अन्यथा चिनको नेपाल प्रतिको गिद्धे दृष्टिबाट ग्रहण लाग्न वेर लाग्ने छैनन् ।
प्रेस विज्ञप्ती
प्रेस विज्ञप्ति तथा माननीय सांसदहरूको ध्यानाकर्षणका लागि शांतिपूर्ण विरोध प्रदर्शन ।
चिनियाँ कम्युनिष्ट हस्तक्षेप बन्द गर । बन्द गर ।
सर्वसत्तावादी कम्युनिष्ट चीनले विभिन्न जिल्लामा नेपालको सीमा अतिक्रमण गुर्नका साथै नेपालको अस्मिता, सामाजिक सद्भाव र अन्तर्राष्ट्रिय सम्बन्ध खल्बल्याउने उद्दश्यले गरी रहेको चौतर्फी हस्तक्षेपको नेपाल डेमोक्रेट युनियन घोर भर्त्सना गर्दछ। हुम्ला, मुस्ताङ, गोर्खा, रसुवा, दोलखा लगायतका जिल्लामा नेपालको हजारौं विघा जमीन कब्जा गरेको कम्युनिष्ट चीनले गत महिना भैरहवा विमानस्थलमा चिनियाँ झण्डा फहराएर नेपाललाई आफ्नो अधीनस्थ मुलुक देखाउँदै दुस्साहस गरेको थियो ।
नेपालको सार्वभौमिकता माथि आक्रमण गर्ने साथै कुनै पनि हालतमा एमसीसी पारित हुन नदिन र विश्वका सबै प्रजातान्त्रिक मुलुकहरु र त्यसमा पनि अमेरिका सँग नेपालको सम्बन्ध विथोल्न आफ्नो गुप्तचर एजेन्सी ९ एमएसएसओ मार्फत दुष्प्रचार र भ्रामक सूचनाको प्रोपगण्डा बाढी चलाएको छ ।
यसका लागि विभिन्न पार्टी, कतिपय नेताहरु, बुद्धिजीवी र अन्य पेशागत समुदायमा चिनियाँ मुद्रा आरएमबीको खोलो बगाइएको छ भने एमसीसीका नाममा विभिन्न पार्टीहरुमा झगडा लगाउने, पार्टी फुटाउने, सामाजिक द्वन्द्व सृजना गर्ने मात्र होइन, निकट भविष्यमै देशमा व्यापक मात्रामा तोडफोड, हिंसा, आगजनी, मारपीट र रक्तपात समेत गराउने योजनाका साथ काम भई रहेको बुझिएको छ । यसका निम्ति चिनियाँ गुप्तचर एजेन्सी एमएसएसको अधिकृत लिंग उर्फ आस्कर निङ (जो दुई पासपोर्टधारी हो पीई ०३५०३९२, पीई १७३२७ ७९ र जसको चिनियाँ राष्ट्रिय परिचय पत्र नं ४२० ५०२१ ९८४ ०८१ ६४८१३ हो) ले काठमाडौंमा स्टेशन स्थापना गरी कोभर्ट अपरेशन चलाई रहेको छ । नेपाललाई हरेक दृष्टिले पंगु बनाएर समग्र राष्ट्रिय एकता कमजोर बनाउने र अन्तत ः आफ्नो अधीनस्थ मुलुकमा परिणत गरी विस्तारवादी एवं कुत्सित मानसिक योजनाका साथ अघि बढेको कम्युनिष्ट चीनको यस प्रकारको नांगो एवं निर्लज्ज हस्तक्षेपबाट मुलुकलाई समयमै मुक्त नगर्ने हो भने देशको भविष्य अन्धकारमय हुनेछ ।
नेपाल डेमोक्रेट युनियन, नेपाललाई कब्जा गर्ने नियतबाट परिचालित कम्युनिष्ट चीनको यो हस्तक्षेप प्रति नेपाली जनताका प्रतिनिधि माननीय सांसदहरुकोे गम्भीर ध्यानाकर्षण गराउँदछौं । साथै, सार्वभौम सत्ता सम्पन्न संसद र नेपाल सरकारलाई तत्काल स्पष्ट, कडा एवं निर्णायक कदम चालेर नेपाललाई चीनको सर्वग्रासी हस्तक्षेपबाट मुक्त गराउन जोडदार अपील गर्दछु । प्रजातन्त्रप्रेमी नेपाली जनता देशमा कम्युनिष्ट चीनको हस्तक्षेप सहन तयार छैनन् र आवश्यक पर्दा कम्युनिष्ट चीनलाई उचित जवाफ दिन तयार छन् । समग्र प्रजातान्त्रिक विश्व नेपाल र नेपाली जनताको साथमा छन् । कम्युनिष्ट सर्वसत्तावादका विरुद्ध नेपाली जनताको भावना, कदम र संघर्षलाई नेतृत्व दिन विश्व प्रजातान्त्रिक आन्दोलन सँग एकतावद्ध नेपाल डेमोक्रेट युनियन सदा तत्पर रहेको छ ।
भवदीय,
सिद्धार्थ गौतम
प्रेसिडेन्ट
मिति ः १७ डिसेम्बर, २०२१