प्रशासनले लगाएको कर्फयुलाई बालै नदिई जेन–जी पुस्ताको समर्थनमा ओर्लियो रौतहटबासी

0 Shares
रौतहट, २४ भदौं । जेन–जी पुस्ता माथि गरिएका बर्बर सरकारी दमनका विरुद्ध मंगलवार रौतहट रणभुमिमा परिणत भए ।
जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका, रौतहट जिल्ला अदलात, माओवादी, काँग्रेस, एमाले कार्यालय सहित गरुडा नगरपालिका, मौलापुर नगरपालिका, चन्द्रपुर नगरपालिका, इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वन कार्यालय, सडक डिभिजन कार्यालय, संघिय साँसद देव तिमलसिनाको घरमा रहेका कोलेनिका कार्यालय, प्रदेश साँसद समिर भटराईको घर, माधव नेपालको चन्द्रपुर स्थित घरमा तोडफोड गरी आगजनी गरेका हुन् ।
आज दिनभरी रौतहट जिल्ला रणभुमीमा परिणत भएपनि रौतहट प्रहरी निकै संयमित भएको हुँदा कुनै अप्रिय घटना हुन सकेनन । जिल्ला प्रशासन कार्यालय गौरमा घण्टौं ढुंगामुढा गर्दा समेत प्रहरीले टियर ग्यासको सेल मात्रै छाडेर अवस्थालाई उग्र बन्न दिएनन् ।
स्थानीय प्रशासनले गौर, गरुडा र चन्द्रपुरमा कर्फयु लगाएपनि प्रहरीको उपस्थिति कतै देखिएनन् । मात्रै सरकार सम्पत्ती जोगाउनमा लागिपरेको देखियो ।
अहिले गौरमा पानी परिरहदा आन्दोलनकारीहरु पनि शान्त बनेका छन् ।
प्रर्दशनकारीहरु सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हजमिनियाको अगाडी टायर बालेर प्रदर्शन गर्नुका साथै सिर्सियाका युवाहरुले केपी ओलीलाई जुत्ताले हान्दै पुतला समेत जलाए ।
रौतहटको १८ वटै स्थानीय तहमा जेन जीका समर्थनमा प्रदर्शन भए । मौलापुर र चन्द्रपुर नगरपालिकामा धेरै क्षति भएको बुझिएको छ ।
यसैगरी सर्लाही सदरमुकाम मलंगवा, नवलपुर, हरिवन, लालबन्दी, बलरा, बरहथवा लगायतका स्थानहरुमा आज विहानै देखि प्रदर्शन भइरहे । सोही क्रममा मलंगवामा सरकारी सम्पत्तीलाई जोगाउन सर्लाही प्रहरीले दर्जनौं राउण्ड टियर ग्यास प्रहार गर्दा समेत प्रदर्शन नरोकिदा दिउसो २ बजेबाट कर्फयु लगाएपनि जनताहरु सडक संघर्षमै रहेका छन् ।
यसैगरी बाराको कलैया, सिमरा, जितपुर सहितका स्थानहरुमा प्रदर्शन जारी रहे । पर्साको वीरगञ्ज पनि प्रदर्शनकारीको कब्जामा लिएर महानगरपालिकाको कार्यालयमा आगजनीको घटना भएको बताइएको छ ।
यसैगरी जेन जी पुस्ताको समर्थनमा देशैभरी प्रदर्शन भईरहेका छन् । संघिय राजधानीको अवस्था झन् बेहाल छ । राष्ट्रपति कार्यालय, संसदभवन, सिंह दरवार सहित सरकारमा सहभागी दलका नेता एवं मन्त्रीहरुलाई खोजी खोजी कुटपिट गर्ने कार्य जारी रहेका छन् भने काठमाडौंका सिडिओ छवी रिजाललाई कार्यालयबाट समातेर प्रदर्शनकारीहरुले निर्घात कुटपिट गरेको बताइएका छन् ।
प्रहरीको टियरग्यास लागेर गौर नगरपालिका वडा नम्वर ८ का १२ बर्षीय बालक आयुष महतोको दाहिने आँखा लागेपछि गौर आँखा अस्पतालमा भर्ना भएको बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।