zoom meeting registration download download zoom 5.0.1 zoom cloud meeting download for pc download zoom 5.8.0 download zoom meeting online zoom pc app download free - zoom pc app download free zoom login online uk - zoom login online uk how do i download a zoom recording link

प्रधामन्त्री देउवा चाँडै भारत भ्रमणमा जाने

   ४ पुष २०७८, आईतवार ०९:१३  

तराई टप
काठमाडौं, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा चाँडै भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे अहिले प्रधानमन्त्री देउवाको सचिवालयले तयारी गरिरहेको स्रोतको दाबी गरेको छ ।
यसअघि बेलायत भ्रमणमा जाँदा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताको क्रममा समकक्षी मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएको र देउवाले पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थियो । प्रधानमन्त्री देउवा पार्टीको १४ औं महािधवेशन मार्फत पून ः सभापतिमा निर्वाचित भएको छ । भारतीय प्रधानमन्त्री मोदी पनि छिट्टै नेपाल भ्रमण गर्ने बताईएको छ ।
दुई देशका प्रधानमन्त्रीले एक अर्काको देशको भ्रमण गर्ने चर्चा चलिरहेको बेला पहिले प्रधानमन्त्री देउवा नै भारत जाने बुझिएको छ । मोदीको गृहराज्य गुजरातमा आगामी जनवरी १० मा हुने टेन्थ भाईव्रेन्ट गुजरात समिट हुँदैछ । उक्त समिटमा विभिन्न देशका प्रमुखहरुलाई पनि निम्तो दिईएको छ । नेपालका प्रधानमन्त्री देउवालाई पनि उक्त समिटमा भाग लिन निम्तो दिने तयारी भएको छ ।
अहिले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन बढिरहेकोले उक्त समिट भौतिक उपस्थितिमै गर्ने कि भर्चुअल रुपमा गर्ने भन्ने तय भैसकेको छैन् । उक्त समिट भौतिक उपस्थितिमै आयोजना गरिए प्रधानमन्त्री देउवा समिटमा भाग लिन पुग्ने जनाईएको छ । पार्टीमा दोस्रो कार्यकालको लागि सभापतिमा निर्वाचित भएपछि देउवाले गर्ने भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै