काठमाठौं, २६ भदौं । नेपाल सदभावना पार्टीले जेन–जी को आन्दोलनलाई एतिहाँसिक एवं युगान्तकारी परिवर्तनको खाका कोर्न सफल भएको बताए ।
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले एक प्रेस वक्तव्य सार्वजनिक गर्दै भाद्र २३ र २४ गते भएको जेन–जी को आन्दोलनले मुलुकमा भ्रष्टाचार विरुद्धको अभियानलाई स्थापित गराउदै जनता नै सर्वोपरी रहेको सावित गरिदिएको हो ।
नेपाल सदभावना पार्टी सबैभन्दा पहिला आन्दोलनको क्रममा शहादत प्राप्त गर्नुभएका देशका भविष्य होनहार नवयुवाहरु प्रति भावपूर्ण श्रद्धासुमन अर्पित गर्दै शोकसन्तप्त परिवार प्रति हार्दिक समवेदनाको साथै आन्दोलनको क्रममा घाइते भएका युद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
जुनसुकै समय, कालखण्डमा भएको संघर्षमा क्रान्तिकारी योद्धाका रकाण मुलुकमा कोल्टो फेर्ने गरेको हुँदा जेन जी को नवयुवाहरुको आन्दोलन र बलिदानीलाई खेर नजाने तर्फ अग्रसर हुनुपर्नेमा नेपाल सदभावना पार्टीले जोड दिएका छन् ।
दशक पहिला संविधानसभाले संविधानको पहिलो ड्राफट सार्वजनिक गरी जनता संग छलफलको लागि संविधानसभाका सदस्यहरु जनतामा जाँदा रौतहटको गौर नगरपालिकाको सभाकक्ष अगाडीबाट सुरु भएको मधेश आन्दोलनको ६ महिनाको निरन्तरता पछि विना निष्कर्ष स्थगित भए । तर पार्टी संग अन्य मधेशवादीहरु संविधान सभाका सदस्यहरु र सम्बद्ध पार्टीहरुले जारी गरेको नेपालको संविधान २०७२ को स्वामित्जव ग्रहण गरेन । त्यसमा हस्ताक्षर समेत गरे र त्यो रिजर्भेसन आज सम्म यथावतै रहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तर उक्त संविधानमा कतिपइा सकारात्मक पक्षहरु समेत छन् त्यसको सबैले सम्मान गर्नुपर्दछ । जेन जी को क्रान्तिकारी साथीहरुले पनि यस आन्दोलन पछि एजेण्डामा समेत संघिय लोकतान्त्रिक गणतन्त्रलाई आफनो बटम लाई बनाएर अघि बढ्न सुझाव दिए ।
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, समावेशीकरण, संघीय शासन पद्धती, समानुपातिक निर्वाचन प्रणाली, आवधिक र लोकतान्त्रिक निर्वाचन, वालिगत मताधिकार, मानव अधिकार, नागरिक स्वातन्त्रता, विधिको शासन, संवैधानिक सर्वोच्चता, शोषित पिडित, उपेक्षित मधेशी समुदाय लगायत अन्य सिमान्तकृत वर्ग क्षेत्र समुदायका जनताहरुको हक अधिकार आरण र सामाजिक सुरक्षाको ग्यारेन्टी जस्ता विषय हाम्रा चार दशक देखिको सर्वाधिक र यक्ष सरोकारको विषय रहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै यसमा कसै कतै कुनै प्रकारले कुण्ठित, कटौती वा नियोजनमा मधेशलाई मान्य नहुने तथ्य जेन जी का वार्ताकार सम्बध सवै संग आग्रह गरिएको अध्यक्ष झाद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।