जलेको इप्रका भवनको मर्मत एवं सफाईमा जुटे चन्द्रपुरका युवाहरु

0 Shares
चन्द्रपुर (रौतहट), २७ भदौं । महगी, भ्रष्टाचार सहितका मागहरु राख्दै भएको जेन–जी आन्दालनको क्रममा प्रदर्शनकारीहरुद्वारा आगजनी गराएर क्षतिग्रस्त पुर्याएका इलाका प्रहरी कार्यालय चन्द्रपुरको भवनको मर्मत एवं सर सफाई गर्नमा स्थानीय बासिन्दाहरु स्वस्फूर्त रुपमा जुटेका छन् ।
गएको मंगलवार जेन–जी पुस्ताको आन्दोलनको क्रममा प्रदर्शनकारीहरु प्रवेश गरेर १४ जना थुनुवालाई भगाउनुका साथै प्रहरीलाई बाहिर निकाली घरमा आगो लगाएका थिए । उक्त आगलागिबाट प्रहरी भवनको भौतिक संरचनामा गम्भीर क्षेति पुग्नुका साथै फर्निचर सहितका सामाहरु जलेर नष्ट भएको थियो ।
भवन अभावका कारण प्रहरीले नियमित कामकाज तथा सुरक्षा व्यवस्थामा कठिनाइ भोगिरहेका बेला स्थानीय युवाहरु स्वयम स्फूर्त रुपमा मर्मतमा सक्रिय भएर मर्मत एवं सर सफाईमा जुटेको बताइएको छ ।
सफाइमा जुटेका शिवशंकर चौलागाईले भने, “जलेको प्रहरी भवन मर्मत गरेर प्रहरीलाई पुनः स्थापित गर्नु नागरिकको दायित्व हो, त्यसैले हामी युवाहरु एक साथ लागेका हौं ।” आन्दोलनका क्रममा कार्यालय भित्र रहेका मोटरसाइकल, भ्यान लगायतका सामग्री जलाइएका थिए भने घुसपैठियाहरुले विभिन्न सामान समेत लगेका थिए ।
यस्तै, सहयोग रकम संकलन अभियानमा सक्रिय रुपेश जैसवालले भने, “सुरक्षामा खटिने प्रहरीको भवन जलेको छ, त्यसैले यसको मर्मतका लागि आर्थिक सहयोग जुटाउने अभियानमा लागेका हौं,” भन्दै सबैलाई योगदान गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।