रौतहट, २७ भदौ । राजनीतिक अन्यौलतालाई चिर्दै मुलुकले ४२ औं प्रधानमन्त्रीको रुपमा पहिलो महिलाको रुपमा शुशिला कार्कीको रुपमा पाएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा शुक्रवार राति ९.४५ बजेको समयमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई देशको पहलो महिला प्रधानमन्त्रीको रुपमा सपथग्रहण गराउदै देश र जनता प्रति उत्तरदायी भई कुनै पक्ष वा विपक्ष नलागी अक्षुण रहेर काम गर्न सपथ खुवाएका हुन् ।
उक्र सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, जेन जी का प्रतिनिधिहरु, पूर्व प्रधानमन्त्री बाबुराम भटराई, विदेशी दुतावासका राजदुतहरु, प्रधानसेनापति, प्रहरीका आइजी, सशस्त्र प्रहरीका आइजी, राष्ट्रिय अनुसन्धानका प्रमुख लगायत विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति रहेका थिए ।
जेन जी को आन्दोलन पश्चात प्रधानमन्त्रीका रुपमा शुशिला कार्कीले सपथ लिएसंगै रौतहट जिल्लाको गौर, गरुडा, दुर्गा भगवती सहित विभिन्न स्थानहरुमा मैनवत्ती बालेर खशियाली मनाइरहेका छन् ।
अन्तरिम सरकारको काँधमा सबै ठिक पारेर ६ महिना भित्र निर्वाचन गराउने अभिभारा
आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।
नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन