नेपालमा एक हजार र पाँच सयको नोट बन्द गरेर डिजिटल प्रणालीबाट आर्थिक कारोबारमा गरे मात्रै देश समृद्ध बन्न सक्छः युवा नितेश गुप्ता

0 Shares
नेपाली कांग्रेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले नेपालमा चरम भईरहेकोे भ्रष्टाचारका कारण गरिबी रेखा मुनीबाट माथी उकास्न सकेको अवस्था देख्दैन त्यसैले आर्थिक संकट समाधान गर्न नोटबन्दीको आवश्यक रहेकोे देखिन्छ ।
‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागु गर्न उनको तर्क छ’ ।
मित्र राष्ट्रले २३ कात्तिक २०७३ मा नोटबन्दी गरेपछि नेपालमा नोटबन्दीको विषय पटक–पटक बहसमा आउने गरेको छ । युवा पुस्ताको नेतृत्वमा काम गर्न सक्ने विश्वास रहेकोे छ । प्रचार प्रमुख गुप्ताले भ्रष्टाचार नियन्त्रण गर्न ५०० र १ हजार रुपैयाँ दरका नोट बन्द गर्नुपर्ने र १०० रुपैयाँ दरका नोट मात्रै चलन चल्तीमा ल्याउनु पर्छ ।
नेपालमा विशिष्ट श्रेणीका पुर्व कर्मचारीहरु, ठूला ठूला नेताहरु पटक पटक सत्ताको स्वाद चाखेर भ्रष्टाचार गरेको छन् । पैसा कता हरायो भनेर खोजिरहेको र पूर्व विशिष्ट पदमा कार्य गरेका व्यक्तिहरू सिरानीमुनि रहेको पैसा बैंकिङ प्रणालीमा आउन नसक्नु देशको अर्थ तन्त्र कमजोर बनाएको हो त्यसैले नोटबन्दी गर्नुपर्ने तर्फ अहिलेको अन्तिरम सरकारको ध्यानाकर्षण हुनुपर्छ । युवा पुस्तालाई राम्रो कार्य गर्न रुपान्तरण गर्ने हो भने अहिले एकदमै नोटबन्दी गर्नु आवश्यक रहेको छ ।
नेपालमा नोटबन्दीको कुरा उठ्ने गरेपनि नोटबन्दी पछि पैसा साट्न  भने त्यसका कारण केही समय भारतमा सरकारको धेरै आलोचना पनि भएको थियो ।
भ्रष्टाचार र कालोधन विरुद्ध लड्न भन्दै नेपालले ५०० र १ हजार दरका नोट प्रतिबन्ध लगाउने निर्णय गरेमा देशमा नयाँ क्रान्तिको रूपमा आउने निश्चित छ यसले परिवर्तनको सकेत हुनेछन् ।
उक्त निर्णयपछि करिब ९९ प्रतिशतभन्दा बढी नोट बैंकिङ प्रणालीमा फिर्ता आउन थाल्छन । भारत सरकारको नोटबन्दी गर्ने निर्णयविरुद्ध परेको रिटमा भारतको सर्वोच्च अदालतले सहि भएको फैसला सुनाएको थियो ।  यसले भारतको नोटबन्दीको बारेमा सबै सवालहरुको च्याप्टर बन्द भएको थियो र नेपालको बैंकिङ प्रणालीमा रहेको ५ करोड भन्दा बढी भारतीय रुपैयाँ कागजको खोस्टो बनेको छ ।
अन्य पनि विभिन्न राष्ट्रहरुले भ्रष्टाचार तथा कालोधन निर्मुल गर्न भन्दै नोटबन्दीको निर्णय गर्ने गरेका उदाहरण छन् । कतार सरकारले पनि १ जुलाई २०२१ देखि चौथो संस्करणका बैंक नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको थियो । त्यसअघि म्यानमार सरकारले नोटबन्दी गरेको थियो ।
विज्ञहरु नोटबन्दी हल्ला गरेर गर्ने विषय नै मान्दैनन् । त्यसमाथि यसका लागि ठूलो राजनीतिक इच्छाशक्ति र गोप्य मौद्रिक योजनाहरु आवश्यक पर्छ । नेपालमा घरजग्गा र सुनचाँदी सहित विभिन्न वैध÷अवैध वस्तु तथा सेवाको कारोबारबाट आर्जित धन अहिले पनि कसैको घरमा नगदका रुपमा थुप्रिएको अनुमान गरिन्छन् ।
दलहरुले लिने चन्दा र चुनावी खर्च पनि बैंकिङ प्रणाली बाहिरकै पैसामा आधारित भएको अनुमान गरिन्छ । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा पनि अनौपचारिक बजार भने मौलाइरहने परिपाटीले यस्ता आशंकामा बल दिन्छ ।
नेपालमा बैंकिङ प्रणालीभन्दा बाहिर कति पैसा छन् भन्ने यकिन छैन । पछिल्ला केही वर्षयता विद्युतीय कारोबारको विस्तारसँगै नगद सर्कुलेसन निरन्तर रुपमा घट्दै गएको छ ।
राष्ट्र बैंकका प्रतिनिधिहरुले डिजिटल कारोबार बढ्दै जाँदा नगद सर्कुलेसन घट्दै गएको बताउने गरेका छन् । उनले विद्युतीय कारोबार बढ्दै जाँदा अनौपचारिक कारोबार घट्दै जाने बताउँदै आएका छन् ।
नेपालमा पनि डिमनिटाइजेसन (नोटबन्दी) गर्नुपर्ने बताएका युवाहरु पनि नोटबन्दी भन्दा डिजिटल भुक्तानी बढाउँदै लगेर निश्चित समयमा नगद बैंकमा साट्नै पर्ने व्यवस्था गर्नसके अनौपचारिक क्षेत्रमा पैसा नरहने बताउँछन् । नोटबन्दी भन्दा पनि नयाँ बेलायती मोडलमा नेपाल जान सक्ने उनको तर्क छ ।
उनका अनुसार अनौपचारिक क्षेत्रमा जाने पैसालाई औपचारिक माध्यममा राख्ने विभिन्न तरिका छन् । ‘पहिले त नगदरहित कारोबारतर्फ जानुपर्छ ।  ‘पूर्ण रुपमा नोटबन्दीमा जानुपर्छ भन्ने छैन । बेलायतको मोडललाई पनि हेर्न सकिन्छ ।’
बेलायतमा हरेक ३÷३ महिनामा बजारबाट पुरानो नोटलाई लैजानुपर्ने अन्यथा नचल्ने व्यवस्था रहेको उनले बताए । ‘बेलायतले ५० पाउण्ड भन्दा बढीको मुद्रा छाप्दैन । अहिलेको पुस्ताको आन्दोलनमा मेरो पुर्ण समर्थनको आन्दोलनले देशमा भ्रष्टाचार अन्त्य होस । उच्चस्तरीय छानबिन गठन भ्रष्टाचार रहेकोे व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउनु पर्छ बल नयाँ युगको परिवर्तन भएको जनताले महसुस गर्नेछन ।
नेपाल सरकारको विभिन्न विशिष्ट कर्मचारी र पदाधिकारीहरु र पुर्व मन्त्रीहरूको समेत सम्पत्तिलाई छानबिनको गर्नु पर्छ । (यो सबै कुरा लेखक नितेशकुमार गुप्ताको अभिव्यक्ति हो )

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।