गढीमाईको मेयर यादवद्धारा इप्रका गरुडाको थुनुवालाई कम्बल वितरण

तराई टप
गरुडा (रौतहट), ४ पुस । गढीमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादवले इलाका प्रहरी कार्यालयको हिरासत कक्षामा रहेका थुनुवाहरुलाई चिसोबाट बच्नका लागि न्यानो कम्बल वितरण गरेको छ ।
“सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत गढीमाइ नगरपालिकाको मेयर श्यामप्रसाद यादवले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा विभिन्न अभियोग लागेर थुनुवा रहेकाहरुलाई चिसो छल्नका निमित्त न्यानो कम्बल वितरण गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको हो ।
बढ्दै गईरहेको चिसोबाट प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई जोगाउन मेयर यादवले १५ थान कम्बल वितरण गरेको इप्रका गरुडाका इन्सपेक्टर रामराजा केसरीले बताए ।