रौतहट, २९ भदौं । रौतहटको चन्द्रपुर स्थित पुर्व पश्चिम राजमार्गमा रहेका क्षतिग्रस्त इलाका प्रहरी कार्यालय भवनको मर्मत एवं पुनरनिर्माणमा नेपाली सेना सहित स्थानीय बासिन्दाहरु सक्रियताका साथ लागि परेका छन् ।
हुनतः दुई दिन देखि स्थानीय बासिन्दाहरुको अथक प्रयास र मेहनतबाट मर्मत एवं सफाई कार्य भईंहेका थिए तर आज देखि नेपाली सेनाले उक्त भवनमा पुनरनिर्माणको कार्य आरम्भ गरेका हुन् ।
नारायण दल गणबाट खटिएका नेपाली सेनाका कर्मचारीहरु विहानै देखि क्षतिग्रस्त भवनका संरचनाहरुको मर्मत कार्य तदारुकताका साथ गरिरहेको जानकारी दिदै नेपाल पत्रकार महासंघका रौतहट अध्यक्ष संजयकुमार कार्कीले देशैभरी चलेको जेन जी आन्दोलनको क्रममा केही घुसपैठियाहरु प्रवेश गरेर इलाका प्रहरी कार्यालयमा आगजनी गराएर क्षति पर्याइएको बताए ।
स्थानीय जनश्रामदानको साथै चन्दा संकलन गराएर युद्धस्तरमा मर्मत एवं पूनरनिर्माणका कार्यहरु जारी रहेको हुँदा केही दिन भित्रै प्रहरी साथीहरु बस्ने योग्य हुने र नियमित कामकाजको लागि चाहिने उपकरणहरुको समेत बन्दोबस्त मिलाई पूर्वतः ढंगबाट इलाका प्रहरी कार्यालय चन्द्रपुर संचालनमा आउने अध्यक्ष कार्कीले स्पष्ट पारे ।
भदौं २४ गते जेन जी को आन्दोलनमा घुसपैठियाहरुद्वारा इलाका प्रहरी कार्यालय बाहेक चन्द्रपुर नगरपालिका, डिभिजन वन कार्यालय, डिभिजन सडक कार्यालय, जिल्ला ट्राफिक कार्यालय, अस्थायी प्रहरी पोष्ट चन्द्रपुर बजार, गरुडा नगरपालिका, मौलापुर नगरपालिका, गौर नगरपालिका, फतुवाविजयपुर नगरपालिका सहितका स्थानीय तहमा ठूलो क्षति पुर्याइएको उनले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्गमा रहेका इलाका प्रहरी कार्यालयबाट सबैलाई सेवा सुविधा पाउदै शान्ति सु व्यवस्था कायम भईरहेको हुँदा कार्यालय भवन नै क्षतिग्रस्त भएपछि स्थानीयबासिन्दाहरु ६ लाख भन्दा बढि नगद रकम संकलन गरेर मर्मत कार्यलाई अन्तिम चरणमा पुर्याइएका बताउदै महासंघका अध्यक्ष कार्कीले उक्त कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाहरुको सक्रियतामा मर्मत एवं पुनरनिर्माण कार्यमा सक्रिय सहभागी भएकाहरु प्रति सराहना गरे ।