जेन–जी पुस्ताको आन्दोलनमा करोडौं मूल्यबराबरको रौतहटमा सरकारी संरचना ध्वस्त

0 Shares
रौतहट, ३१ भदौं । जेन–जी पुस्ताको आन्दोलनकारीहरुद्वारा रौतहट जिल्लामा करोडौंको सरकार सम्पत्ती ध्वस्त बनाएका छन् ।
जेन–जी पुस्ताको आवरणमा राजनीति रिसिइवी, जानी जानी आगो लगाई भ्रष्टाचारबाट जागिन लगायतका विभिन्न कारणबस रौतहटको ६ वटा पालिकामा ठूलो सरकारी सम्पत्तीको नष्ट बनाएर ताण्डव मचाइएका हुन् ।
भदौं २४ जेन–जी पुस्ताको आडमा छदमभेषीहरुद्वारा चन्द्रपुर, गरुडा, बौधीमाई र गौर नगरपालिका क्षति पुर्याइएका थिए भने २५ गते फतुवा विजयपुर कटहरिया नगरपालिकामा व्याप्त भ्रष्टाचार सम्बन्धी फायलहरु जलाएरु स्वाहा बनाइयो ।
गौर, गरुडा र बौधीमाई नगरपालिकामा राजनीतिक रिसिइबी साध्ने निहुँमा सरकार सम्पत्तीको तोडफोड गरियो । जनताको प्रत्यक्ष सरोकार रहेका स्थानीय तहका उक्त कार्यालयहरु तोडफोड र आगजनी गर्ने व्यक्तिहरु बाहिरबाट आयात भएर आएको देखिदैनन् । सबै स्थानीयहरु मेयर संग रिसिइवी राख्नेहरुको कारण स्थानीय तहको कार्यपालिकाको कार्यालयमा तोडफोड आगजनी गरिएको बुझिएको बताइएका छन् ।
यस्तै वृन्दावनको १ नम्वर वडा र चन्द्रपुरका वडा ४ का कार्यालयमा समेत तोडफोड गरी क्षति पुर्याइएका छन् भन् परोहा नगरपालिकाको जनरेटर र एलइडी टिभीमा क्षति पुर्याइयो ।
रौतहटमा क्षतिग्रस्त भएका कार्यालयहरु 
गौर नगरपालिकामा ६४ लाख, जिल्ला प्रशासन कार्यालयमा ९ लाख, रौतहट जिल्ला अदालतमा ५० हजार, राष्ट्रिय अनुसन्धान कार्यालयमा ७५ हजार, करदाता कार्यालय गौरमा ९ लाख, गौर कारागारमा ५० हजार, चन्द्रपुर नगरपालिकाको कार्यालयमा ३ करोड, मालपोत चपुर ५ लाख, डिभिजन वन कार्यालय २ करोड ५० लाख, प्रदेश लेखा कार्यालय २ करोड ६० लाख, मालपोत गरुडा २० लाख, चन्द्रपुर ४ वडा कार्यालय १ लाख, इलाका प्रशासन कार्यालय गरुडा २ लाख ५० हजार, नाप गरुडा ३ लाख, गरुडा नगरपालिकाको कार्यालय ८५ लाख, मौलापुर नगरपालिकाको कार्यालय ५ करोड, वृन्दावन १ वडा कार्र्यालय १२ लाख, कटहरिया नगरपालिकाको कार्यालय १ करोड र फतुवा विजयपुर नगरपालिकाको कार्यालय ३० लाखको क्षति भएको बुझिएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुर र बौधीमाई नगरपालिकाको कार्यालयमा भएका क्षतिको यकिन विवरण अहिले सम्म प्राप्त हुन सकेका छैनन् ।
यो सरकारी कार्यालयमा भएको क्षतिको विवरण मात्रै हो । निजी घरहरुमा भएका क्षतिको विवरण क्रमशः संकलनको क्रममा रहेको हुँदा उक्त विवरणहरु पछि प्राप्त हुने बताइएको छ ।
निजी क्षति भएकाहरुमा रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवार, चन्द्रपुरका नगरप्रमुख संजय काफले, गरुडाका नगरप्रमुख कन्ठमुणी जयसवाल, फतुवा विजयपुरका कार्यवाहक नगरप्रमुख अम्बया खातुन लगायतका व्यक्तिहरुको घरमाथि जेन–जी को आवरणमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले क्षति पुर्याइएको बुझिएको छ ।
यस विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले क्षतिको विवरणहरु संकलन हुने क्रममा जारी रहेको हुँदा सबै विवरण प्राप्त भएपछि मात्रै जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।