रौतहट, २ असोज । आन्दोलनको मर्म भावना र नेपाल सरकारको मार्गदर्शन अनुसार “सुशासनमा हाम्रो प्रतिबद्धता भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता” अनुसार स्थानीय तहमा सेवा प्रवाह गर्न प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा विहिवार आयोजित कार्यक्रममा जेन–जी पुस्ताको आन्दोलनको मर्म भावना अनुसार स्थापित भएका वर्तमान सरकारद्वारा अंगिकार गरिएका लक्ष्य प्राप्तिका लागि जिल्लामा रहेका १८ वटै स्थानीय तहबाट सेवा प्रवाह गरी सुशासन कायम गराउन १९ बुंदे प्रतिबद्धता पत्र सहित प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्देशन दिएका हुन् ।
उक्त निर्देशनात्मक बैठकलाई सम्बोधन गर्दै प्रजिअ खड्काले “सुशासनमा हाम्रो प्रतिबद्धता भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता” अनुसार जारी भएका १९ बुंदे प्रतिबद्धता पत्रलाई अक्षरशः पालना गर्न गराउन निर्देश दिए । १९ बुंदे प्रतिबद्धता पत्रको बर्खिलाप गरेर गलत कार्य पाइएकै खण्डमा त्यस्ता कर्मचारी विरुद्ध सख्त कारवाही गरिने चेतावनी दिदै भ्रष्टाचार जन्य कुनैपनि कार्य नगर्न नगराउने कार्य प्रति सचेत रहनुपर्ने छ ।
आन्दोलनको मर्म, भावना र नेपाल सरकारको मार्गदर्शन अनुसार “सुशासनमा हाम्रो प्रतिबद्धता भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता” १९ बुंदे प्रतिबद्धता पत्रमा १८ वटै पालिकाको प्रमुख प्रशासकीय अधिकृत एवं प्रतिनिधिले हस्ताक्षर गरेर प्रमुख जिल्ला अधिकारी खड्काद्वारा पेश गरिएको प्रतिबद्धता पत्रमा संयुक्त रुपमा सहमती जनाउदै पूर्ण पालना गर्ने विश्वास दिलाइएको जिल्ला प्रशासन कार्यालय रौतहटको प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिए ।
उक्त कार्यक्रममा सहकायक प्रमुख जिल्ला अधिकारी किरणनिधी तिवारी, प्रहरी उपरिक्षक नेत्रमणी गिरी, सशस्त्र प्रहरीका उपरिक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक कुमार बुढाथोकी, प्रशासकीय अधिकृत मनिष झा, सहित १८ वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु सहितका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
१९ बुंदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउदै “सुशासनमा हाम्रो प्रतिबद्धता, भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता” निर्देशनात्मक कार्यक्रमको केही फिचर तस्वीर