मित्रव्रत सम्बन्धको लागि शिर झुकाउन तयार

593 Shares

सोनी झा
भारतीय रक्षामन्त्री को अभिभाषण ः “हामी नेपाल संग असल सम्बन्ध कायम राख्न चाहन्छौ, सदियौं देखि कायम रहेको मधुर सम्बन्धलाई कुनै पनि अवस्थामा विगार्न दिदैनौं, त्यसको लागि आफनो शिर झुकाउन किन नपरोस” जस्तो अभिव्यक्तिबाट भारत नेपालको सम्बन्ध दुई राष्ट्रको नभई घरायसी सम्बन्ध रहेको महसुस गर्न सकिन्छ ।
देहरादुन “सैन्य कार्यक्रम” मा भारतले पाकिस्तान माथि गरेको विजय दिवस उत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने “हामी नेपाल संग असल सम्बन्ध कायम राख्न चाहन्छौ, सदियौं देखि कायम रहेको मधुर सम्बन्धलाई कुनै पनि अवस्थामा विगार्न दिदैनौं, त्यसको लागि आफनो शिर झुकाउन किन नपरोस”

शिर झुकाउन किन नपरोस, जसले पाकिस्तान जस्तो आतंकवादीलाई शरण दिने देशलाई दुई टुक्रामा विभाजित गरी पूर्वी पाकिस्तान अर्थात वंगलादेशलाई आजाद गराई स्वतन्त्र देश बनाउने महत्वपूर्ण भमिका निर्वाह गरेको दिनको सम्झना गर्दै मनाइएको विजय दिवशको अवसरमा उनले भने भारत जस्तो विशाल देश साम्रिक दृष्टिकोर्णबाट विश्वकै तेश्रो मुलुकको रुपमा स्थापित भएपनि नेपाल जस्तो सानो मुलुक सामु शिर झुकाउने कुरा गर्नु यो आत्यमियता र परस्परिक सम्बन्ध नै हो ।


शिर झुकाउन किन नपरोस, जसले पाकिस्तान जस्तो आतंकवादीलाई शरण दिने देशलाई दुई टुक्रामा विभाजित गरी पूर्वी पाकिस्तान अर्थात वंगलादेशलाई आजाद गराई स्वतन्त्र देश बनाउने महत्वपूर्ण भमिका निर्वाह गरेको दिनको सम्झना गर्दै मनाइएको विजय दिवशको अवसरमा उनले भने भारत जस्तो विशाल देश साम्रिक दृष्टिकोर्णबाट विश्वकै तेश्रो मुलुकको रुपमा स्थापित भएपनि नेपाल जस्तो सानो मुलुक सामु शिर झुकाउने कुरा गर्नु यो आत्यमियता र परस्परिक सम्बन्ध नै हो ।
जसको जिडिपी विश्वमा पाँचौं स्थानमा रहेको देशका रक्षामन्त्रीको मुखबाट यस्ता कुरा निस्कनु, जस्को रक्षा बजेट तेश्रो नम्वरमा रहनु त्यसले नेपाल प्रतिको यस्तो सरल एवं शिर झुकाउने कुरा गर्नु, विश्वको शक्तिशाली राष्ट्र मध्येका रक्षामन्त्रीको मुखबाट शिर झुकाउनु परे झुकाउला जस्ता वयान इतिहासमा कहि कतै हेर्न सुन्न मिल्दैन तर नेपाल भारतको सम्बन्ध को प्रतिफल नै हो, विश्लेशकहरु बताउँछन् ।
यो कुनै सानो कुरा होइन, डिप्लोमेसीमा कुनै ठूलो देशले यस्तो वयान दिदैनन, यस्ता अभिव्यक्ति दिनबाट जोगिने प्रयास गर्दछन् । देशवासीलाई गलत संकेत नजाउन, कि अर्को देश कमजोर नठानोस । एक शक्तिशाली देशले एउटा सानो देश प्रति यसरी बोल्दा सायद प्रेमको सम्बन्धको कारण सम्भव भएको देखिन्छ । जुन सम्बन्ध परापुर्वकाल अर्थात सदियौं देखि नेपाल भारत विच चलिआएको छ । जुन सम्बन्ध आफन्त विच हुन्छ, आफन्तहरु कहिले काँही रिसाउने गर्दछ तर, आवश्यक परेको खण्डमा आफन्तहरु नै साथ दिन्छन् ।
भारत नेपालको सम्बन्ध धेरै गहिरो छ, त्यती नै पुरानो छ । हिमालयले जहाँ भारत नेपाललाई प्राकृतिक दृष्टिकोर्णबाट नजिक ल्याएको छ भने नेपाल चिन को विचमा पर्खाल बनेर खडा भएको सजिल्लै देख्न सकिन्छ । प्राकृतिक दृष्टिकोर्णबाट नेपाल भारत एक अर्काको परिपुरक को रुपमा रहेको छ, यसलाई जतिसुकै विभाजित गर्न खोजिए त्यो सम्भव नै छैनन्, नेपाल भारत र नेपाल चिनमा जमिन आसमानको भिन्नता छ, जुन कहिल्यै पनि एकताको रुपमा परिमार्जन गर्न सकिदैनन्, भारतको रक्षामन्त्री जस्तो अभिव्यक्ति कहिल्यै पनि चिनले दिन सक्दैनन, विश्लेशकहरुको दाबी छ ।
मैले यतिको लेख्दा, आदरनिय पाठकवृन्दहरु पक्कै सोच्नु हुन्छ कि भारतको वकिल आइसके तर, सही हो, म प्रकृतिको वकिल हु, म प्रकृतिलाई मान्छु, र उसैको चाल एवं संकेतको अनुसार म हिड्छु । मनुष्य जति कोशिश गरेपनि प्रकृति संग जित्न वा विजय हासिल गर्न सक्दैनन्, मात्रै प्रकृतिको इच्छाअनुसार आफनो कार्यहरु गर्दै जान्छन् । मनुष्यले आफनो इच्छाशक्ति अनुसार आफै अविष्कार एवं खोज गरिरहेको लाग्छ तर सही यही हो जब प्रकृतिले चाहन्छन् सृजन गर्न तव मनुष्यमा निश्चित प्रेरणाको प्रवाह गरी अविष्कार गर्ने गरिन्छ अर्थात प्रकृतिले नचाहे सम्म कुनै कार्य सम्भव छैनन । त्यसैले हरेक सृजनमा प्रकृतिले चाहेमा मात्रै सम्भव भईरहेको पाइन्छ ।
त्यही प्रकृतिले भारत–नेपाललाई एक अर्का विच अद्धतिय सम्बन्धमा बाँधेर राखेको छ । जसलाई न नेपाल, न भारत, न चिन वा अन्य देशले तोड्न वा विगार्न सक्छ ।
जहाँ सम्म रहयो भारतीय रक्षामन्त्री राजनाथ सिंहको अभिभाषणको कुरा हो, यदी कुनै सच्च प्रेमी वा असल मित्रले म संग यस्तो कुरा भन्दा म धन्य हुनेछु, मेरो भाग्य एक असल मित्र, जो शक्तिवान, धनवान, संख्यावानले भरीपूर्ण छन् जसले विनम्र रुपमा यसरी भनिरहदा म धेरै भाग्यमानी रहेको ठान्दछु । तपाई के गर्नु हुन्छ ?

प्रतिक्रिया

सम्बन्धित समाचार