मेला व्यवस्थित गर्न सर्वपक्षिय बैठक

0 Shares
रौतहट, ४ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरी र पिपरा बजारमा परापूर्वकाल देखि हुँदै आएको दुर्गा पुजालाई सभ्य एवं भव्य रुपमा सम्पन्न गराउन सबै सरोकारवाला विच गहन छलफल भएका छन् ।
इलाका प्रहरी कार्यालय गंगापिपरामा शनिवार विहान २०८२ सालको बडा दशैं पुजामा कुनै विध्न बाधा उत्पन्न नहोस भन्ने उद्देश्वयका साथ आयोजित सर्वपक्षिय, सर्वदलिय एवं विभिन्न सरोकारवाला पक्षको उपस्थितिमा निर्णयहरु भएका हुन् ।
मेलामा शान्ति सुव्यवस्था कायम गराउन थप जनशक्तिका लागि जिल्ला प्रहरी कार्यालय संग अनुरोध गर्ने, सवारीसाधन ऐनको वर्खिलाप गरेर सवारीसाधन गुडाउनेलाई प्रचलित ऐन अनुसार कारवाही गरिने, सार्वजनिक स्थलमा मदिराजन्य पदार्थको विक्री वितरणमा निषेध लगाउने, लागुऔषध सेवन गरेर अश्लीतता गर्नेको पहिचान गरेर नियन्त्रणमा लिने, मदिरा सेवन गरी हो हल्ला गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिने, असोज १४ देखि १६ गते सम्म मुख्य सडकबाट गुडिने सवारीसाधनलाई बाँधको बाटो भएर डाइभर्ट गर्ने निर्णय भएको छ ।
उत्तरमा भलोहियामा भुनेश्वर सहनीको घर देखि पूर्वमा अवस्थित वागमती नदीको बाँध हुँदै दक्षिणमा मत्सरी पर्साटोल हुँदै पचरुखी पोखरी हुँदै मेन रोडमा निस्कने,  वडा नम्वर ४ पचरुखी पोखरी देखि छतौना नहर हुँदै भलोहियाको करवोलमा निस्कने ।
मेलामा मोटरसाइकल पार्किगको लागि सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा र मत्सरी स्थित राममन्दीर तथा स्वास्थ्य चौकीको हाता भित्र सवारी साधन पाकिंगको व्यवस्थापन गरिने तथा मोटरसाइकलमा दुई जना भन्दा बढि बसेको खण्डमा यदी पक्राउ परेमा मोटरसाइकल नियन्त्रणमा लिई मेला पछि आवश्यक प्रक्रिया पुरा गरेर मात्रै हस्तान्तरण गरिने निर्णय भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गंगापिपराका प्रहरी नायव निरीक्षक गौरव दासको अध्यक्षतामा सम्पन्न सर्वदलिय एवं सर्वपक्षिय बैठकमा गाउँपालिका अध्यक्ष शम्भु सिंह, पूर्व गापा अध्यक्ष अरुण साह, समाजसेवी एवं नेता रेबन्त झा, समाजसेवी राजेश चौधरी, वडाध्यक्षहरु सुरेश चौधरी, डिके झा (धर्मेन्द्र झा), मत्सरी दुर्गा मन्दीर पुजा समितिका अध्यक्ष अभिशेष झा (बब्लु झा), छोटन सिंह, उमेश चौधरी, संचारकर्मीहरु सहित स्थानीय भद्रभलादमी राजनीतिकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।