ऐनकानुनको बर्खिलाप गर्दै सेटिंगको आधारमा गौर भन्सार कार्यालयबाट कवाडीका सवारीसाधनहरु बाहिरिदै

0 Shares
रौतहट, ४ असोज । गौर भन्सार कार्यालयबाट स्क्रेप (कवाडी) का सवारीसाधनहरु सकार गरेर ऐनकानुनको बर्खिलाप गर्दै दुई, तिन र चार पाँग्रे स्क्रेप बाहिरिने क्रम जारी रहेको छ ।
गौर भन्सार कार्यालयले बोलपत्र आह्वान गर्दा गजराज ट्रेडर्स गरुडाले २५ लाख ११ हजारमा भदौं १७ गते स्क्रेपका सवारीसाधनहरु लिलाम सरकार गरेका थिए । जस अनुसार १६४ थान मोटरसाइकल, एक थान स्कुटर, एक थान जिप, दुई थान कार, तिन थान अटोरिक्साको प्रारम्भीक मूल्य ९ लाख ८४ हजार १ सय दुई रुपैया निर्धारण गरिएको थियो ।
स्क्रेप लिलाम सकार गर्ने फर्मले भन्सार कार्यालयको कर्मचारी सहित सुरक्षाकर्मीहरुको रोहवरमा इंजन, च्याचिस सहितका बडिहरु पूर्ण रुपमा कटिंग गरेर मात्रै लैजानुपर्ने प्रावधान भएपनि भन्सार प्रमुख सहितका कर्मचारी, सुरक्षाकर्मीको सेटिंगमा उक्त कार्यहरु नगरी सिधै ट्रकमा लोड गरी बाहिरिने क्रम जारी रहेको पाइएका छन् ।
स्क्रेपका कुनैपनि सवारीसाधनलाई सडकमा गुडाउन मिल्दैनन् । त्यसलाई पूर्ण रुपमा कबाडीमा विक्री गर्नुपर्ने भएपनि सडकमा उतार्ने उद्देश्यबाट कटिंग नगरी सेटिंगका आधारमा लग्ने क्रम जारी रहेको आरोप स्थानीय व्यापारीहरुले लगाएका छन् ।
परिवर्तित अवस्थामा पनि कर्मचारी देखि लिएर सुरक्षाकर्मीहरु सेटिंगमै कार्यहरु गर्नुपर्ने हो भने किन कानुन बनाइएको होला । पत्रु शब्द के हो पूर्ण रुपमा बुझ्नुपर्ने देखिन्छ । हिजो देखिनै बहसको विषय बनेको र विवाद बढ्दै जाँदा प्रमुख भन्सार अधिकृत विकास रजकले आवश्यक छानविन गरी विना कटिंगको बाहिरिन दिनु नपर्ने थिए तर सबैकुरा अन्तमा लक्ष्मिकान्तमै आएर निर्भर हुन्छन् जसको कारण स्क्रेपका सवारीसाधन निर्वाध रुपमा गुडाउन सकुशल बाहिरिने क्रम जारी रहेको बताइएका हुन् ।
यस विषयमा प्रमुख भन्सार अधिकृत विकास रजक बुझ्न खोज्दा सम्पर्क हुन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।