दुर्गा भगवती (रौतहट), ८ असोज । रौतहटको दुर्गा भगवती गाउँपालिका भित्र रहेका ऐतिहासिक तथा धार्मिक महत्वले भरिपूर्ण रहेका प्रसिद्ध दुर्गा मन्दिरको जानकारी पाउन उत्सुक भक्तजनहरुको सुविधाको लागि आधुनिक युगको हिसावले डिजिटल प्रणालीमा समावेश गरिएका छन् ।
दुर्गा मन्दीरको इतिहास वारे जानकारी प्राप्त गर्न भक्तजन सहित स्थानीय बासिन्दाहरुलाई आधुनिक प्रविधिको क्युआर स्क्यान गरेर सजिलै बुझ्न सकिने व्यवस्थापन गरिएका हुन् ।
दुर्गा भगवती गाउँपालिकाद्वारा दुर्गा मन्दिर मत्सरी र दुर्गा मन्दिर पिपरामा क्युआर स्क्यानर जडान गरेर उक्त सुविधा उपलब्ध गराएको छ । क्युआर स्क्यानर मार्फत भक्तजनहरूले मन्दिरको उत्पत्ति, ऐतिहासिक महत्व र धार्मिक पृष्ठभूमि बारे विश्वका १० भाषामा जानकारी लिन सक्ने व्यवस्थापन गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंहले औपचारिक रूपमा पुजा समितिका अध्यक्षलाई क्युआर स्क्यानर हस्तान्तरण गर्दै उक्त सुविधा शुभारम्भ गरे ।
गाउँपालिका भित्र रहेका धार्मिक एवं एतिहासिक धरोहरलाई विश्व समक्ष पुर्याउने उद्देश्यका साथ प्रविधि मैत्री मार्फत धार्मिक पर्यटन क्षेत्रको रुपमा बढावा दिदै यहाँ पर्यटकहरुलाई आकर्षित गर्ने यस प्रकारको सुविधाको व्यवास्थापन गरिएको बताइएको छ । क्यूआर कोड स्क्यान गर्ना साथ मन्दिरसँग सम्बन्धित सम्पूर्ण विवरण सजिलै पढ्न र बुझ्न सकिने भएकोमा यसले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ ।
वडा अध्यक्ष धर्मेन्द्र कुमार झा (डिके) ले बाहिर बाहिरको भक्तजनको साथै नयाँ पुस्ताहरुलाई मन्दिरको इतिहास बुझ्न अझ सहज हुने यो एउटा महत्वपूर्ण खुडकिलाको रुपमा हुने विश्वास व्यक्त गर्दै “अब दर्शनसँगै मन्दिरको सम्पूर्ण जानकारी तत्काल प्राप्त गर्न सकिने हुँदा उनले खुशी व्यक्त गरे ।
आधुनिक प्रविधिले मन्दिरमा आउने देश–विदेशका भक्तजनलाई सहजता दिने मात्र नभई, धार्मिक स्थलप्रति नयाँ पुस्ताको चासो बढाउन पनि सहयोग गर्ने छ ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिला देवी, वडा अध्यक्षहरु प्रद्युमन चौधरी, सुरेश चौधरी, दुर्गामन्दीर मत्सरको अध्यक्ष अभिशेष झा, राजनीतिकर्मी श्रीमन्नारायण मिश्र, समाजसेवी छोटन सिंह, विनय झा, भवनाथ झा, उमेश चौधरी, पूर्णानन्द झा, प्रेमचन्द्र झा, हेमन्त झा, सन्दीप दास, चन्दन मिश्र, पंकज सिंह, सुनिल झा सहित दुर्गा भगवती गाउँपालिकाको कर्मचारी तथा स्थानीय समाजसेवी, नागरिक अगुवा, भद्रभलादमी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।