प्रधानमन्त्रीलाई बलरा नगरपालिकाका नगरप्रमुख रामाशंकर कुशवाहाको १९ बुंदे खुला पत्र

0 Shares
एके सिंह
बलरा (सर्लाही), ९ असोज । वर्तमान प्रधानमन्त्री सुशीला कार्की समक्ष बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहाले १९ बुंदे खुला पत्र को माध्यमबाट प्रश्न गरेका छन् ।
नगरप्रमुख कुशवाहाद्वारा सोधिएको खुला पत्रमा ६ महिनामा कार्यान्वयन गर्नुपर्ने नागरिक सरकार संग जनताको मुख्य १९ बुंदे आकाँक्षा हाम्रो प्यारो नेपाल आज पनि अस्थिर राजनीति, असमान विकास र संस्थागत भ्रष्टाचारको कालो बादल भित्र थुनिएको छ ।
हिजोका चर्का भाषण, खोक्रा नारा र सुस्त कार्यशैलीले जनताको मन थाकिसकेको छ । विशेषतः हाम्रो जेन–जेड पुस्ताले गरेको ज्वलन्त प्रदर्शन यही असमानता, दमन र निराशाको विस्फोटन थिए ।
उनीहरूको स्वर केवल संघीय सरकारविरुद्ध मात्रै थिएन । त्यो एउटा चेतनाको लहर थियोे, जुन  गाउँ देखि सिंहदरबार सम्म फैलिएको छ । त्यही लहर, बलिदान र जागरणबाट जन्मिएको “नागरिक सरकार”, नेपालको इतिहासमा केवल शासन परिवर्तन होइन, चेतनाको क्रान्ति हो । नागरिक सरकार–जनताको स्वर, युवाको जोश, पीडितको आशा र भविष्यको सपना पनि हो ।
देशले नागरिक सरकारको नेतृत्वमा “भाषण होइन, निर्णय चाहेका छन । आश्वासन होइन, कार्यान्वयन चाहेका छन ।”
यस सन्दर्भमा, बलरा नगरपालिकाको तर्फबाट म जनताको प्रतिनिधिका हैसियतले, १९ बुँदाहरू मार्फत सम्पूर्ण देशको भावना, आशा र अपेक्षा तपाई अन्तरिम सरकारको प्रधानमन्त्री समक्ष प्रस्तुत गर्न चाहन्छु ।
१) भ्रष्टाचारविरूद्ध–शून्य–सहनशीलताको नीतिः “भन्ने सबैले, गर्ने कोही भएन” भन्ने पुरानो कथनलाई अन्त्य गर्दै भ्रष्टाचारविरूद्ध कडाइका साथ शून्य सहनशीलता नीति कार्यान्वयन गरियोस् । सबै सरकारी कार्यालयमा डिजिटल ट्रयाकिङ, ई–गभर्नेन्स र २४ घण्टे सेवा उपलब्ध गराउने कानूनी व्यवस्था लागू गरी इतिहास बदल्ने दृढ प्रतिबद्धता देखाइयोस् ।
२) सम्पत्ति–छानविन–राष्ट्रियकरणः
राजनीति सेवा होइन, सम्पत्ति बटुल्ने धन्दा बनेको कालखण्डलाई अन्त्य गर्दै २०४६ सालपछि सार्वजनिक पद धारण गरेका सबै पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी अकुत सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने तथा दोषीलाई जन्मकैद सजाय सुनाउने ढिलाई नगरी नेपाललाई नयाँ न्यायको मार्गमा अघि बढाउनु पर्ने ।
३) मुद्रा–सुधारः
कालो धनको साम्राज्य समाप्त गर्न रू. ५०० र १००० नोट बन्द गरी नयाँ नोट जारी गर्नुपर्ने, भ्रष्टाचारमा संलग्नको धनलाई जनताको हितमा परिणत गर्न मद्दत पुर्याउने ।
४) संविधानमा सुधारः
क)राजनीतिक–संरचनाः
संघीयताको सार जोगाउँदै बढीमा ३ प्रदेश र प्रत्येकमा ५ मन्त्री रहने व्यवस्था कायम गरिनुपर्ने ।
ख) आरक्षण–व्यवस्थाः
प्रत्येक व्यक्तिले केवल एकपटक आरक्षण सुविधा लिन सक्ने प्रणाली लागू गरिनुपर्ने ।
ग) प्रत्यक्ष–कार्यकारी–प्रधानमन्त्रीः
दोष थुपार्नुको सट्टा दायित्व लिने सरकारको मार्ग खोल्न प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्नुपर्ने ।
घ) स्थानीय–तहमा–जनउत्तरदायित्वः
सबै निर्णय, खर्च र मूल्यांकन अनलाइन सार्वजनिक गरेर नागरिकले निगरानी गर्ने व्यवस्था गर्नुपर्ने ।
ङ) सरकारी–नियुक्तिः
सरकारद्वारा हुने संवैधानिक सहितका सबै निकायमा नियुक्ति लोक सेवा आयोग मार्फत गर्नुपर्ने ।
च) कार्यकाल–स्पष्टताः
राष्ट्रपति–१, प्रधानमन्त्री–२, मन्त्री–३, प्रतिनिधि सभा–प्रदेश सभा–४ र जीवनमा पाँच कार्यकाल भन्दा बढी राजनैतिक नेतृत्व लिन नपाउने संवैधानिक व्यवस्था लागू गरिनुपर्ने ।
५)समयमै–चुनावः
लोकतन्त्रको मर्म अनुसार तोकिएको समयमा चुनाव गराइ जनादेशको वास्तविक प्रतिष्ठा सुनिश्चित गरिनुपर्ने ।
६)न्यायालयमा सुधारः
पुराना मुद्दा छिटो टुंग्याउने विशेष फास्ट–ट्याक अदालत स्थापना गरी न्यायपालिकामा डिजिटल प्रणाली अनिवार्य गरिनुका साथै सबै फैसला अनलाइन मा प्रकाशित गरी न्यायमा पारदर्शिता सुनिश्चित गरिनुपर्ने ।
३७)राष्ट्रियता र सुरक्षाः
सीमा विवादमा छ महिनाभित्र कार्ययोजना तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा पहल, विदेशी हस्तक्षेप रोक्ने र आन्तरिक सुरक्षामा सशक्त कदम घोषणा गर्नुपर्ने, जसले देशको प्रत्येक नागरिक अखण्डताका लागि तयार हुनुपर्ने ।
८) युवा–रोजगारी–अभियानः
“युवा उद्यमशीलता कोष” स्थापना गरी बिना धितो सस्तो ऋण उपलब्ध गराइ विदेश पलायन भएका युवाहरूलाई स्वदेश फर्काउने र उद्यमशीलतामा प्रोत्साहित गर्ने कार्यक्रम लागु गर्नुपर्ने ।
९) शिक्षा र स्वास्थ्य सुधारः
सरकारी विद्यालय र अस्पतालमा आधारभूत सुविधा सुनिश्चित गर्दै “छ महिनाको आपतकालीन सुधार कार्यक्रम” घोषणा गर्नुपर्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर तत्काल सुधार गर्नुपर्ने ।
१०) तराई मधेश खाद्यान्न क्षेत्र घोषणाः
उर्वर मलिलो माटोलाई खाद्यान्न उत्पादन क्षेत्र घोषणा गर्दै आवश्यक पूर्वाधार (सिंचाइ, मलखाद, बीउ, प्राविधिक विज्ञ) उपलब्ध गराउनुपर्ने ।
११) पारदर्शी बजारिकरणः
कृषकको उत्पादन र बजार बीच सिधा सम्पर्क सुनिश्चित गर्दै व्यापारीको असमान लाभलाई नियन्त्रण गरिनुपर्ने ।
१२) सूचना, प्रविधि र नवप्रवर्तनः
 “राष्ट्रिय डिजिटलीकरण योजना” लागू गरी गाउँ–गाउँमा उच्च गति इन्टरनेट, विद्यार्थी र स्टार्टअपका लागि डिजिटल पहुँच र राष्ट्रिय नवप्रवर्तन कोष स्थापना गरिनुपर्ने ।
१३) वातावरण, संरक्षण र जलवायु न्यायः
हरित ऊर्जा प्रवद्र्धन, प्लास्टिक प्रतिबन्ध, नदी–नाला सफाइ र प्रदूषण नियन्त्रणमा तत्काल कदम चालियोस् ।
१४) महिला, सशक्तीकरण र लैंगिक समानताः
“महिला उद्यम कोष” स्थापना गर्दै समान अवसर सुनिश्चित गरिनुपर्ने । घरेलु हिंसा विरुद्ध शून्य सहनशीलता नीति लागू गर्नुपर्ने ।
१५) समावेशी, संस्कृति र प्रवद्र्धनः
जाति, भाषा, परम्परा, सीपको संरक्षण गर्दै राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको अभियान लागू गरियोस् ।
१६) राष्ट्रिय, सहमति र राजनीतिक, संस्कार, सुधारः
राजनीति सेवा हो, व्यवसाय होइन भन्ने मूल्य स्थापित गर्दै साझा राष्ट्रिय कार्ययोजना र न्यूनतम आचारसंहिता पालना गर्नुपर्ने ।
१७) बजेट, वितरणमा, समानताः
बजेट जनसंख्या, भौगोलिकता र वैज्ञानिक आधारमा वितरण गर्न विगतमा पहुँचको आधारमा वितरण गरिएको बजेटमा संशोधन गर्नुपर्ने ।
१८) पूर्व, पदाधिकारीको, सेवा, सुविधा ः
पूर्व पदाधिकारी भएकोले पाउने सबै किसिमको सेवा सुविधा कटौती गर्नुपर्ने ।
१९) भिआइपि, भ्रमण, पारदर्शीः
भिआइपि भ्रमण उद्देश्य सहितको पारदर्शी बनाउनुपर्ने ।
यस १९ बुँदा खुला पत्र र सुझाव मात्रै होइनन् – नयाँ युगको नक्सा हुन् । जेन–जेडको सपना, पुराना पुस्ताको आशीर्वाद र वर्तमान पुस्ताको संकल्प भएको बताउदै देशलाई खरानीबाट उठ्न त्यती सजिलो छैनन् । ढलेको आत्मविश्वास उठाउन अझ सजिलो छैन । उठे पनि फेरि ढल्नु पर्ने भय मनमा हुनु स्वाभाविक हो र यथार्थ पनि । तर नागरिक सरकारलाई ६ महिनामा परिवर्तनको अनुभुति जनतालाई दिनुछ, अर्को तर्फ जनताको समर्थन दृढ छ । सरकार नागरिक समाजबाट बनेकोमा कार्यकर्ता खुशी बनाउनु पर्ने आवश्यकता देखिदैन, त्यसैले, कार्यान्वयन असम्भव पनि छैन ।
अहिले ढिलाइ गर्ने समय छैन । भाषण, सम्मेलन र घोषणा होइन, ठोस निर्णय र कार्यान्वयनको घडी हो । नागरिक सरकारसँग स्रोत कम, समय छोटो तर आशा र उत्साह असीमित छ । यही आशा र उत्साहलाई दिशा दिने सामथ्र्य नागरिक सरकारमा छ ।
जनताको विश्वासलाई केवल सुरक्षित मात्र होइन, ऐतिहासिक उपलब्धिमा परिणत गर्नु पर्ने चुनौती छ । नयाँ युगको दिपले अझ उज्यालो बनाउने आशा राख्नु स्वाभाविक हो । जनता आशामा छन, नागरिक सरकार दृढ संकल्पित देख्छु अनि परिवर्तन सम्भव छ ।
जय देश ! जय बलरा ! जय बलराबासी !!!

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।