zoom info scraper download zoom download com free download of zoom for pc download zoom 5.0.1 filter zoom download zoom desktop windows 10 download

स्टप सेक्सुअल ह्यारेसमेन्ट सुसाईड नोटमा लेखेर ११ मा पढ्ने छात्राले गरिन आत्महत्या

   ५ पुष २०७८, सोमबार १७:१६  

चेन्नई, ५ पुस । चेन्नईको ग्रामिण भेगको एक गाउँमा कक्षा ११ मा पढ्ने छात्राले सुसाइड नोटमा “स्टप सेक्सुअल ह्यारेसमेन्ट” लेखेर आत्महत्या गरेकी छन् ।
बिहानै उनका बुबा–आमाले छोरीको शव झुन्डिएको अवस्थामा फेला पारेका थिए । उनले प्रहरीलाई खवर गरेपछि घटनास्थलमा पुगेका प्रहरी टोलीले अनुसन्धानमा जुटेका हुन् । प्रहरीले ती विद्यार्थीको कोठाबाट सुसाइट नोट पनि फेला पारेका थिए ।
सुसाइट नोटमा उनले लेखेकी छिन हरेक आमा–बुबाले आफ्नो छोरालाई केटीहरुको सम्मान गर्न सिकाउनु पर्ने उल्लेख गरेकी छन् । उनले कुनै छरछिमेक वा शिक्षकको भरोसा नगर्न आग्रह गरेकी छन् । उनले एकमात्र सुरक्षित स्थान आमाको कोख भएको सुसाइड नोटमा उल्लेख गरेकी छन् ।
सुसाइटको नोटको आधारमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको चेन्नई प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै