रौतहट बाढीको चपेटामा, हुलाकी सडक देखि लिएर दुर्गा भगवती सम्म पुग्ने सड्क पूर्ण रुपमा अवरुद्ध

0 Shares
रौतहट, १९ असोज । दुई दिन देखि भईरहेको अविरल बर्षा संगै बागमती, लाल बकैया, झाझ सहितका नदीमा आएको बाढीको कारण जिल्लाको अधिकाँश भु भागमा बाढीको चपेटामा परेर डुबानमा परेका छन् ।
झाझ नदीमा आएको भिषण बाढीको कारण गौर गंगापिपरा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन् । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँचै वडाको २५ प्रतिशत घरमा पानी प्रवेश गरेका छन् ।
स्थानीय बासिन्दाहरु आ आफनो सामानहरु सुरक्षित स्थानमा सार्ने व्यवस्थापनमा जुटेपनि बाटो भरी दुई देखि तिन फिट सम्म पानी जम्नाले बाहिर निस्कने अवस्था रहेको छैनन् । साथै दुर्गा गाउँ पालिकाको सयौं विगहा जग्गामा रहेका धानबाली पूणै रुपमा डुवेको अवस्था छ । दुर्गा भगवती गाउपालिका ३ मत्सरी नजिकैको बाँध फुट्न लाग्दा प्रहरीको सहयोगमा मर्मत गरेर सुरक्षित बनाइएको छ ।
वडा नम्वर ३ मत्सरीमा १५ घरमा पानी प्रवेश गर्दा छिमेकीको घरमा आश्रय लिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी राजु कार्कीले वडा नम्वर २ भलोहिया स्थित डोरी खोलाको पानी वस्तीमा प्रवेश गर्दा २० घर धुरीको ८० जना विस्थापित भई सरस्वती माध्यमिक विद्यालयमा राखिएको बताए ।
यस्तै वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीको बाँधमा प्वाल पर्दा स्थानीइ बासिन्दा र प्रहरीको सहयोगमा मर्मत गरी बन्द गरिएको तथा त्यहाँ पासवान टोलका १५ देखि २० घरमा झाझ खोलाको पानी छिरेको हुँदा छिमेकीको घरमा आश्रय लिएको प्रहरीले बताए ।
यसैगरी राजपुर नगरपालिका वडा नम्वर ३ स्थित हुलाकी राजमार्गमा लाल बकैया नदीको बाढीको कारण पूर्ण रुपमा बाटो अवरुद्ध भएको छ । सोही वडाको बलुवा टोलमा बर्षाको पानी ४ जनाको घरमा छिरेको बताइएको छ ।
चन्द्रपुर नगरपालिका १ र २ को बीचमा पर्ने पूर्वी लचका २ ठाउमा पानीको बहाव अत्याधिक बढेको कारण पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको छ । चन्द्रपुर ३ गैडाटारबाट चन्द्रपुर जाने भित्री सडक अवरुद्ध रहेको छ ।
गुजरा ८ स्थित लमहा खोलामा पानीको बहाव उच्च रहदा बालचनपुर जंगलसैया भित्री सडक बन्द छ । वडा नम्वर ९ अमतवा स्थित प्रतिक टोलमा अविरल बर्षाका कारण १० घर धुरीमा बर्षाको पानीको पसेको जस मध्ये १  घर भत्किएको, छिमेकीको र आफन्तहरुको घरमा विस्थापित भई बसेको छ ।
वृन्दावन नगरपालिका १ स्थित रहेको खोलाको वगरमा १२८ घरधुरी घर बनाएर बस्ने र खेती तथा पशुपालन गर्ने भएकोमा बाढीको कारण सुरक्षित स्थान सारिएको छ । बलेखरी खोरमा माट्रोटोल, खैरा टोल, विश्राम्पुरमा आ आफनो पुरानो घरमा सरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मौलापुर नगरपालिका १ मर्यादपुर १ सिथ्त गाउँ देखि पूर्व तर्फ लाल बकैया खोलामा आएको बाढीले गर्दा बाँध फुट्न २ प्रतिशत मात्रै बाँकी रहेको हुँदा त्यसबाट १, २, ३ र ५ उच्च जोखिममा रहेको बताइएको छ ।
इशनाथ ८ मनसरी टोलमा शैख इद्रिशको  ४५ बर्षीय छोरा ननका भन्ने जमरुण आफनै्र घरको बरन्डामा बसिरहेको समयमा चट्याँग लागेर मृत्यु भएको छ । यमुनामाई ४ स्थित रहेको अस्थायी प्रहरी पोष्ट बमनहरको हातामा बकैया खोलाको पानी छिरेर पूर्व तर्फको वाल भत्किएको छ ।
रौतहट सदरमुकाम गौर पूर्ण रुपमा सुरक्षित रहेको छ । बर्षाकै पानीले गर्दा अलि समस्या रहेको बताउदै डिएसपी कार्कीले सपगढा लचकामा पानीको वेग अत्याधिक रहेको हुँदा दुई पाँग्रे सवारी साधन बन्द रहेपनि ठूला सवारी साधन निर्वाध रुपमा गुडिरहेको बताए ।
यसैगरी गढीमाई नगरपालिका६ ब्रम्ह्स्थान स्थित बागमती नदीमा आएको बाढीको कारण बाँध फुटेको छ । उक्त बाँधको पानी धरमपुर, बखरी, पकहा, सिगारवन गाउँ डुवानमा पर्न सक्ने सम्भावना रहेको हूँदा स्थानीय बासिन्दाहरुलाई सजग रहेन अपिल गरिएको छ । लक्ष्मिपुर देखि लिएर धरमपुरको वागमती पुल सम्म पानीको बहाव अत्याधिक बढेको कारण बाँध फुट्ने सम्भावना उच्च रहेको हुँदा सावधानी अपनाउन स्थानीय प्रहरी प्रशासनले आग्रह गरेका छन् ।
विहान साढे ८ बजे सम्मको समग्र अवस्था वारे प्रहरीले उपलब्ध गराएको रिपोर्टका आधारमा तयार पारिएको समाचार हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।