रौतहट, २१ असोज । रौतहटको देवाही गोनाही नगरपालिका कर्कच गाउँ स्थित खेतमा बगिरहेको भंगालोमा नुहाउने क्रममा वेपत्ता भएकी दुई बालिकाको शव मंगलवार फेला परेको छ ।
देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँ छेउमै रहेको खेतको पानी बग्ने ठाउँ (भंगालो) मा सोमवार नुहाउन गएकी रामदयाल रामको १२ बर्षीया छोरी आरती कुमारी र सोही स्थान बस्ने शिवधारी रामको ११ बर्षीया द्धोरा अन्तिमा कुमारी डुबेर वेपत्ता भएकी थिइन् ।
दुई बालिका भंगालोमा डुबेर वेपत्ता भएको खवर पाउना साथ सशस्त्र वेश क्याम्प देवाही र इलाका प्रहरी कार्यालय देवाहीको संयुक्त सुरक्षा टोलीले हिजो देखि नै निरन्तर रुपमा खोजी कार्य गरिरहे । आज विहान १० बजेको समयमा वेपत्ता मध्ये आरतीको शव फेला परे । अन्तिमाको शव अलि पर जलकुम्भीबाट सुरक्षाकर्मीले बरामद गर्न सफल भएको बताइएको छ । दुबै बालिकाको शवलाई आवश्यक परिक्षण पश्चात शतगतका लागि परिवारजनको जिम्मा लगाउने तयारी भईरहेको प्रहरी श्रोतबाट बुझिएको छ ।
यसैगरी राजपुर नगरपालिका ८ बलुवा गोठ टोल स्थित लाल बकैया नदीमा नुहाउने क्रममा सोमवार दिउसो गोनउर मियाको १० बर्षीय छोरा अरबाज मियाको डुबेर मृत्यु भएका थिए । बालक अरवाजलाई स्थानीयहरुले उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा लग्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आईतवार राति घरको भर्यागबाट लडेर बाढीको पानीमा खसी इशनाथ १ बन्जरहा गाउँ निवारी खहेरु राय यादवको ६० बर्षीया श्रीमती राजकुमारी देवीको मृत्यु भएको थियो ।
माधवनारायण नगरपालिका ८ खडकी रजबाडा गाउँका हरिवंश राय यादवकी ७५ बर्षीय श्रीमती पन्मा देवीको वागमती नदीमा गत आईतवार डुबेर मृत्यु भएका थिए ।
आईतवार विहान साढे ९ बजेको समयमा बागमती नदीमा दाउरा टिप्ने क्रममा बागमति नदीले बगाउँदा पनमाको मृत्यु भएको थियो ।
अविरल बर्षा पछि बागमति नदीमा भिषण बाढीमा दाउरा टिप्न गएकी वृढालाई नदीले बगाएको थियो । स्थानीय बासिन्दाहरु र प्रहरीको सहयोगमा पनमा देवीको शव फेला सफल भए ।
यस्तै चटयाँग लागेर रौतहटको कटहरिया नगरपालिका २ हथियाही टोल स्थित भित्री सडक खण्डमा मेरुलाल लहेरीको १७ बर्षीय छोरा सरोज लहेरी र सोही स्थानका रामध्यान राय यादवको १६ बर्षीय छोरा नविन यादवको मृत्यु भईसकेको छ ।
अहिले सम्म बाढीको पानीमा र चटयाँग गरेर रौतहटमा ६ जनाको मृत्यु भइसकेको छ भने एक जना वेपत्ता छ र एक जना घाइते अवस्थामा रहेको तथ्याँक भएपनि सुरक्षा श्रोतका अनुसार ३ जना मात्रै विपदको जाखिममा परेर मृत्यु वरण भएपनि आधिकारिक तथ्याँक आउन बाँकी नै रहेको छ ।