बाढी पछि प्रजिअको अध्यक्षतामा बसेको विपद व्यास्थापन समितिको बैठकबाट १६ बुंदे निर्णय

0 Shares
रौतहट, २२ असोज । असोज १७ देखि २० गते सम्म भएको अविरल बर्षा संगै आएको बाढी, डुवान, कटानबाट भएको क्षतिको समिक्षा तथा राहत सहितका पूनर्निर्माणका कार्यहरु धमाधम गराउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद व्यवस्थापन समितिको बैठक बस्यो ।
जिल्ला प्रशासन कार्यालय गौर स्थित कार्यालयमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको विपद व्यवस्थापन समितिको बैठकबाट असोज १७ गते देखि भएको अविरल बर्षा संगै आएको बाढीबाट डुवान, कटानबाट भएको जनधनको क्षति प्रति समवेदना प्रकट गर्दैै विडित परिवारलाई राहत एवं भत्किएका संरचनाहरुको पूनर्निर्माण गर्न विभिन्न १६ बुंदे निर्णयहरु भएका हुन् ।
बाढी र डुवानबाट किसानहरुको फसल क्षतिको यकिन विवरण संकलन गर्ने, भत्किएका सडक संरचनाहरु अविलम्ब मर्मत गरी संचालनमा ल्याउनुपर्ने, खानेपानीको समुचित व्यवस्थान गर्ने, पिडित परिवार समक्ष राहत प्याकेज अविलम्ब पुर्याउनुपर्ने लगायतका विभिन्न निर्णयहरु भएको जानकारी दिदै जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले उक्त कार्यमा विभिन्न लाइन एजेन्सीहरुको सहयोग अपरिहार्य रहेको आवश्यक्ता महसुस गरे ।
आवश्यक परेको खण्डमा विपद व्यवस्थापन समितिको कोषबाट समेत प्रजिअले झिकेर अहिलेको आवश्यक्ता पुरा गर्ने र विपद व्यवस्थापन समितिबाट अनुमोदन गराउने समेत निर्णय भएको जानकारी साहले दिए ।
उक्त बैठकमा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न स्थानीय तहका मेयर उपमेयर हरु, विभिन्न लाइन एजेन्सीका पदाधिकारीहरु, रेडक्रश सहितका परोपकारी संघ संस्थाहरुको वैठकमा उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।