नेपाली नागरिकलाई सहज पर्ने गरी जोगवनीबाट लामो रुटको रेल संचालनको लागि ज्ञापन पत्र

   ६ पुष २०७८, मंगलवार ०६:४४  

तराई टप
विराटनगर, ६ पुस । विराटनगरका स्थानीयबासीहरु समयमा भारतीय रेलको सहजीकरण गर्न जोगवनी रेल्वे स्टेशनको प्रवन्धकलाई ज्ञापन पत्र बुझाएको छ ।
यात्रीहरूलाई जोगबनीबाट भारतको भित्री क्षेत्रमा जानका लागि लामो दूरीको रेल नहुनुको कारण असुविधा हुने गरेको भन्दै नेपाल भारत रेलयात्री सहजिकरण परामर्श यात्री समितिले जोगबनी रेलवे स्टेशनको प्रबंधक मार्फत मंडल रेल प्रबंधक कटिहार, रेल महाप्रबंधक मालेगांव भारतलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा दुई देश बीचको रेलयात्रीहरुको साझा विरासत सँग जोडिएर जोगबनी प्रयागराज एक्सप्रेस र कटिहार टाटा एक्सप्रेसलाई जोगबनी देखी कटिहार टाटा एक्सप्रेसको संचालन गर्नुपर्ने, जोगबनी रेलवे स्टेशनमा बहुभाषी पूछताछ केन्द्रको व्यवस्था हुनुपर्ने, महिला यात्रीहरूको सुरक्षाको लागि जोगबनी रेलवे परिसरमा महिला पुलिस बललाई खटाउनु पर्ने मांग सहित अन्य जनसरोकारको मुद्दाहरु सँग संबंधित मांग पत्र बुझाएको छ ।
नेपालको नागरिकहरुलाई रेल यात्रा अवधिमा रेलवे परिसरमा हुने असहज स्थितिको समन्वय गरी समाधानको लागि विभिन्न समस्याहरु भईरहदा धार्मिक यात्राको विशेष रेल सञ्चालन गरिनुपर्ने माग गरिएको छ ।
नेपाल भारत रेलवे सहजिकरण यात्री परामर्श समितिबाट पप्पू अंसारी, गणेश कुमार साह, पवन कुमार साह, राजेश कुमार शर्मा, सुदीप भारती लगायतले ज्ञापन पत्र बुझाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै