छोराको हत्या भएको १६१ दिन वितिसक्दा पनि प्रहरी कार्यालयमा जाहेरी दर्ता भएनः पिडित वुवाको आरोप

0 Shares
रौतहट, २९ असोज । छोराको हत्या भएको झण्डै १६१ दिन वितिसकेको छ, प्रहरी कार्यालयमा प्रत्यक्ष र हुलाक कार्यालय मार्फत जाहेरी पठाउदा समेत दर्ता हुन नसकेको व्यथा पिडित बुवाको गम्भीर आरोप छ ।
दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा निवासी रुपलाल भन्ने रामरुप दास भन्छनः २०८२ साल बैशाख २५ गते राति पौने १ बजेको समयमा प्रहरी मार्फत तपाईको छोराको दुर्घटना भएको छ, अवस्था गम्भीर रहेको हुँदा बेटर फ्लाई हस्पीटल गरुडामा आउनुस भनेर खवर आउँछ ।
प्रहरीको खवर पश्चात जव गरुडाको उक्त हस्पीटलमा पुग्दा चिकित्सकले छोराको नजिक जान दिएन । टाउको भरी ब्यान्डेजले बेरिएको अवस्था झ्यालबाट देखियो । चिकित्सकले यसलाई बीरगञ्जको गण्डक स्थित न्यूरोमा पठाउछु त्यही उसको उपचार हुने भनेर उनीहरु आफै एम्बुलेन्स गरिदिएपनि हामीलाई एम्बुलेन्समा बस्न दिएन ।
२३ बर्षीय छोरा अच्छेलाल भन्ने अमितकुमार दासलाई बीरगञ्ज लग्दा त्यहाँको चिकित्सकले टाउको पछाडी रगत जमेको छ, त्यसलाई हामी झिक्ने कार्य गर्छौ मेहनेत हाम्रो भाग्य तपाई भनेर २४ घण्टा सम्म राख्यो तर मेरो छोरा जिवित भएन । रुपलाल भन्छन्ः छोरा त गरुडामै वितिसकेका थिए । उपचारको बहानामा न्यूरो अस्पतालको चार्ज ८० हजार र औषधीको ३२ हजार गरेर १ लाख १२ हजार रुपैया लिएर मरेको छोरालाई उपचार गर्छु भन्दै त्यती रकम लिए ।
घटना यसरी भयो पिडित बुवा रुपलाल दासको जुवानी ?
घटना कसरी भयो भन्ने बिषयमा बुझ्दै जाँदा पिडित बुवा रुपलालले भने गत बैशाख २५ गते कटहरिया नगरपालिकाको फत्तेपुरमा बहिनीको घरमा विहेमा गएका थिए । सोही दिन राति ९ बजे छोरालाई केटीको फोन गयो त्यही फोनको आधारमा गरुडा नगरपालिकाको गेडहीगुढी देखि विनगरा जाने सडकमा घात लगाएर बसेका व्यक्तिहरुले छोरा अमितको टाउकोमा निर्मतापूर्वक कुटपिट गरेर मारिदिएको थियो । तर राजनीतिक पहुँच र रकमी चलखेलका आधारमा इलाका प्रहरी कार्यालय गरुडालाई प्रभावमा पारेर प्रमाणहरु नष्ट गराएको उनले गम्भीर आरोप लगाए ।
घटना गराउन दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ का फलाना व्यक्तिहरु रहेको भन्दै दुई पुरुष र एक जना महिलाको नाम सहित किटानी जाहेरी दिदा तत्कालिन इप्रका गरुडाका डिएसपी राजन बस्नेतले जाहेरी लिएपनि दर्ता गरेन । जाहेरी दर्ता गराउन विभिन्न निकाय र व्यक्तिहरुलाई गुहार्दा समेत कुनै प्रभाव नपर्दा जिल्ला हुलाक कार्यालय मार्फत जाहेरी पठाए तर ति जाहेरी पनि दर्ता भएन ।
बाध्य भएर उच्च अदालत जनकपुरको इजलास वीरगञ्जमा परमादेश मार्फत जाहेरी दर्ता गराउन मुद्दा दायर गर्दा गत तिन महिना देखि तारेख माथि तारेख दिदै अल्झाईरहेको अवस्थामा आफू साह्ै पिडित बनेको हुँदा अब तपाईहरुकै शरणमा आएको हुँदा न्याय दिलाई दिन गुहार रुपलालले लगाए ।
इलाका प्रहरी गरुडाका डिएसपी कार्की सरुवा भएर अन्यत्र गइसकेपछि हिजो मात्रै नयाँ डिएसपीलाई सबैकुरा भनेपछि यहाँ आएको जाहेरीलाई खोजतसास गराउदै हुलाक र आफै उपस्थित भएर दिएको जाहेरी उक्त कार्यालयमा नरहेको बताउदै रुपलालले मुद्दा फाँटमा सबारी दुर्घटनामा छोराको मृत्यु भएको रेकर्ड खडा गरिएको आफू साह्ै अन्यायमा परेको रुदै उनले भने ।
हत्या गर्ने व्यक्ति घुमिरहेको देख्छु, आफूलाई गिज्याईरहेको आभास हुन्छ, तर प्रहरी पैसा, पावरको पछि लागेर म जस्ता पिडितलाई झन् पिडित बनाएको आक्रोश व्यक्त गर्दै रुपलालले बैशाख २५ गतेका छोरा अमितको मोवाइल नम्वरको ट्रेस निकालेर अनुसन्धान गरेमा दुधको दुध पानीको पानी छुटिन्छ तर डिएसपी कार्की आर्थिक प्रलोभनमा परेर अनुसन्धानलाई अर्को तिर मोडिदिएकोमा दुखेसो पोखे ।
तपाईहरु मार्फत नेपाल मानवअधिकार आयोग, नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रधानमन्त्रीको कार्यालय सम्पूर्ण निकाय संग विन्ती गर्दछु की मेरा छोराको हत्या गर्ने विरुद्ध जाहेरी दर्ता गरेर कठोर कारवाही गर्न माग रुपलालले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।