सामोआलाई हराएर नेपाललाई च्याम्पियन बन्ने अवसर

0 Shares
रौतहट, ३१ असोज । आइसिसी टी–२० विश्वकप एसिया–प्यासिफिक छनोट प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा सामोआलाई पराजित गरी च्याम्पियन बन्न आज नेपाल ओमानको क्रिकेट मैदानमा पुरै दम देखाउने छन् ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रवार अपरान्ह् ४.१५ बजे रोहित पौडेलको नेतृत्वमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीले सामोआ माथि जित निकाल्दै च्याम्पियन बन्ने अवसर पाएका हुन् ।
अपराजित रहेको नेपालले सुपर सिक्सको अन्तिम खेलमा सामोआको सामना गर्नेछ । नेपालले सुपर सिक्समा ८ अङ्क जोडेर शीर्ष स्थानमा कब्जा जमाएको छ भने आयोजक ओमान ६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल र ओमानले यसअघि नै आगामी वर्ष भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
गए राति बिहीबार जापानमाथि सहज जित हात पार्दै युएईले पनि विश्वकपको यात्रा तयर गरेको छ । यससँगै विश्वकपमा सहभागी हुने २० टोलीको टुङ्गो लागेको छ ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सामोआविरुद्धको खेलमा जित हासिल गर्दै उपाधिसहित स्वदेश फर्कने दृढता व्यक्त गरेका छन् । “हामी च्याम्पियन बनेर नेपाल फर्कनेछौँ,” बुधवार ओमानलाई ३८ रनले पराजित गरेपछि उनले भने, “टोलीका सबै खेलाडी अहिले उत्कृष्ट लयमा छन् ।”
रनरेटमा ओमानलाई पछि पार्दै प्रतियोगितामा युएईले ६ अङ्कसहित दोस्रो स्थान कायम गरेको छ । यद्यपि, ओमानले एक खेल कम खेलेको छ । कतार, जापान र सामोआले समान २ अङ्क जोडे पनि विश्वकप छनोट दौडबाट बाहिरिइसकेका छन् ।  समूह चरणबाटै मलेसिया, पपुवा न्युगिनी र कुवेत बाहिरिएका थिए ।
विश्वकप छनोटसँगै नेपाली टोलीका १४ खेलाडीले राष्ट्रिय खेलकुद विकास ऐनअनुसार जनही १९ लाख ५० हजार प्राप्त गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले साहब आलमलाई अतिरिक्त खेलाडीको रूपमा टोलीमा समावेश गरेको छ । यस्तै, मुख्य प्रशिक्षकले ६ लाख, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकले ३ लाख २५ हजार र खेल सङ्घले ५ लाख पाउनेछन् । ऐनअनुसार ओलम्पिकमा स्वर्ण पदक वा विश्वकप फुटबल जितेमा खेलाडीले १ करोड ३० लाखसम्म पुरस्कार पाउने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।