चन्द्रपुर (रौतहट), १ कार्तिक । जेन–जी पुस्ताले गरेको आन्दोलनको क्रममा गत भदौं २४ गते आगजनी गराएर क्षतिग्रस्त बनाइएका इलाका प्रहरी कार्यालय चन्द्रपुरको वनलाई स्थानीयहरुको सहयोग एवं सक्रियातामा पर्ननिर्माण गरेपछि शनिवार औपाचारिक रुपमा प्रहरीलाई हस्तान्तरण गरिएका छन् ।
जेन–जी पुस्ताको आन्दोलनको क्रममा केही अराजक तत्वहरुले इलाका प्रहरी कार्यालय चन्द्रपुरको भवनबाट प्रहरी र थुनुवालाई बाहिर निकालेर आगो लगादिएका थिए ।
आगलागिबाट क्षतिग्रस्त बनेका भवनलाई स्थानीय बासिन्दाहरुको अथक प्रयासबाट चन्दा संकलन गरेर इप्रका भवनको पुर्ननिर्माण कार्य सम्पन्न गरेर आज एक औपचारिक कार्यक्रमका बीच चन्द्रपुरका मेयर संजय काफ्लेको उपस्थितिमा प्रहरीलाई हस्तान्तरण गरिएका हुन् ।
सो भवन हस्तान्तरण कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधि, सञ्चारकर्मी र सुरक्षाकर्मीहरूको सहभागिता रहेका थिए, भने संकलित चन्दा र खर्चको हिसाब समेत सार्बजनिक गरियो ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले स्थानीयको पहलमा भबनको पुर्ननिर्माण भएकोमा खुशी व्यक्त गर्दै प्रहरीलाई बस्न र प्रशासनिक एबम अनुसन्धानमा सहज पुर्याएकोमा भबन निर्माणका अभियन्ताहरु लाई धन्यबाद दिइन् ।
नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले प्रहरीको भवनले सम्पूर्ण समुदायको सुरक्षा र सहअस्तित्वको आधार भएको बताए । यो भवन पुर्ननिर्माणका लागि स्थानीयवासीहरूले नगद, जिन्सी सामग्री र श्रमदानमार्फत सहयोग गरेकोमा उनले सधन्यवाद दिए ।
पुर्ननिर्माण अभियानका हिसाब राख्ने रुपेश जैसवालले आम्दानी र खर्चको विस्तृत विवरण सार्वजनिक गर्दै सबै सहयोगीप्रति कृतज्ञता व्यक्त गरे । यस्तै हर्क मोक्तानले निर्माण गरिएको भबनको प्रहरी लाई हस्तान्तरण गर्नुभयो । भवन हस्तान्तरणसँगै इलाका प्रहरी कार्यालय चन्द्रपुरले अब पुर्ननिर्मित भवनबाट नियमित सेवा सञ्चालन गर्ने जनाएको छ ।भबन पुर्ननिर्माणमा चासो राख्ने र अभियान चलाउने शिबराम राउत, बलराम भण्डारी, तेजबिक्रम कार्की समेतको उपस्थिती रहेको थियो । चन्दा दाताहरुको दान समेन सुनाइएको थियो । चन्द्रपुरका युवाहरूको पहलमा बजारमा रहेको अस्थायी प्रहरी पोष्ट पुर्ननिर्माण गरिएको थियो ।