एमालेलाई डवल–स्ट्याण्ड नदेखाउन प्रभु साहको चेतावनी, निर्वाचनमा भाग नलिने हो भने किन शितलनिवास र बहादुरभवन धाएको ?

0 Shares
विराटनगर, १ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाएका छन् ।
वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेन–जी आन्दोलनको क्रममा युवाहरुको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको दाबी गरेका हुन् ।
  विराटनगरमा शनिबार आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने संकेत देखिएको भन्दै निर्णायक संघर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई अपिल गरे ।
वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाईएको भएपनि अहिले सरकारले जथाभावी हात हाल्न थालेको भन्दै त्यसको उपज राजदूतहरु अकारण फिर्ता बोलाईएकोमा आक्रोश पोखे ।
  उनले भने,‘इलेक्सनको म्याण्डेट लिएर बनेको अहिलेको सरकार आफ्ना आसेपासे र भरौटेहरुलाई फेरी राजदूत बनाउनको लागि सक्रिय भयो, म यही कार्यक्रमबाट भन्न चाहन्छु–प्रधानमन्त्रीजी तपाईं इलेक्सनमा ध्यान दिनुहोस, यो राजदूतहरु सेलेक्सनमा होईन ।’ राजदूत फिर्ता बोलाउँदापनि भारतका लागि नेपाली राजदूतलाई फिर्ता नबोलाउनुको कारणपनि उनले प्रधानमन्त्री कार्कीसमक्ष प्रश्न सोधे ।
उनले भने, ‘भारतका लागि नेपाली राजदूतमा के त्यस्तो क्षमता र गुण रहेछ, उहाँ सबैको प्रिय भइराख्नुपर्ने, रोचक त यो छ कि भारतका लागि अहिलेको राजदूतलाई आरजु राणाको आशीर्वाद छ भनिन्छ, अहिले सुशीला म्याडमपनि आरजुरको खातिरदारीमा लाग्नुभएको हो र ?, होईन भने किन यो तहको अरितक्ति मोह र सम्मान देखाउनुभयो ?’
पूर्वमन्त्री साहले एमाले चुनावदेखि डराएर भाग्न खोजेको भन्दै जनताको अदालतमा उभिन डराउनेहरु कहिल्यै पनि सफल राजनीतिक नेतृत्व हुन नसक्ने टिप्पणी गरे । एमालेको हिजो सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा पूनःस्थापनाको लागि जनपरिचालन गर्ने निर्णय लिएको र २१ फागुनको निर्वाचनमा भाग नलिने अध्यक्ष ओलीको उद्घोष प्रति उनले टिप्पणी गरे ।
साहले ओलीले आफ्नो अपराधको ढाकछोप गर्नको लागि सिंगो पार्टीलाई नै दाउमा लगाएको भन्दै चुनाव भाँड्ने कुचेष्टा नगर्न चेतावनी दिए । उनले सिंगो एमाले पँक्तिलाई देशलाई थप असफल बनाउनबाट बचाउनको लागि पनि चुनावको पक्षमा दृढताका साथ उभिन अपिल गरे ।
एकातिर अध्यक्ष ओलीले चुनावमा भाग नलिने निर्णय लिएको भएपनि अर्कोतिर एमाले नेताहरु शितलनिवास र निर्वाचन आयोगतिर चुनावी तयारीको लागि डाकिएको बैठकमा भाग लिने गरेको भन्दै यस्तो द्वेद्धचरित्र नदेखाउनपनि उनको आग्रह छ ।
देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधमो उत्रिन खोजेको आभाष हुन थालेको भन्दै साहले आलोचना गरे ।
अध्यक्ष साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्याण्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि चेतावनी दिए । उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।