११ देखि अलपत्र अवस्थामा रहेको वागमतीको पुल निर्माण हुने भयोे, हुलाकी आयोजनाको प्रगति ६८.५ प्रतिशत

1309 Shares

प्रभातकुमार झा
रौतहट, ६ पुस । विगत ११ बर्ष देखि अलपत्र अवस्थामा रहेको रौतहट र सर्लाही जोड्ने बडहर्वा नजिकैकको वागमती पुलको निर्माण कार्य पुरा हुने स्थानीय बासिन्दाहरुमा आश जागेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने रौतहट र सर्लाही जिल्लालाई जोड्न दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीमा निर्माणाधिनलाई सम्बध पक्षले निर्माण कार्य छाडेर फरार भएपछि अलपत्र अवस्थामा पुगेको उक्त पुललाई हुलाकी राजमार्ग आयोजनाद्धारा पुलको निर्माण कार्य पुरा गर्नका निमित्त पुन ः बोलपत्र आहवान गरेपछि अब पुलको निर्माण कार्य पुरा हुने आश स्थानीय बासिन्दाहरुमा जागेको हो ।
पुलको निर्माण कार्य पुरा गराउन कयौं पटक संसदीय अनुगमन समितिको टोली, जिल्ला प्रशासन कार्यालय रौतहटको टोली, हुलाकी सडक आयोजना लगायतको विभिन्न क्षेत्रका प्रतिनिधिहरुद्धारा अनुगमन गरी तत्कालिन समयमा निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीलाई कालो सुचीमा राख्दै उनको ठेक्का रद्द गर्दै गरेका थिए । पुलको डिजाइनमा परिवर्तन गरेर स्पानको संख्या थप गर्दै बजेट विनियोजन भएपछि हुलाकी सडक आयोजनाबाट गत साता बोलपत्र आहवान गरिएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा स्थित वागमती नदीमा २०६७ साल जेठ ३१ गते तात्कालिन प्रधानमन्त्रि माधवकुमार नेपालद्धारा पक्कि पुलको शिलान्यास गरिएका थिए । तिन बर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने भन्दै लुम्बनी विल्डर्सले ६३३ मिटर चौडाई भएको पुलको ठेक्का सकार गरी निर्माण कार्य प्रारम्भ गरेको थियो ।
निर्माण सुरु भएको समय देखि झण्डै ११ बर्ष वितिसक्दा पनि हुलाकी सड्कको पुलको निर्माण कार्य पुरा हुन सकेनन् । तात्कालिन प्रधानमन्त्री नेपालद्धारा शिलान्यास गरिएको अति महत्वाकाँक्षी योजनाको पुल निर्माण कार्य अलपत्र छाडी फरार भएका लम्बनी विल्डर्स प्राली सिद्धार्थनगरको फर्मबाट ठेक्का सकार गर्ने पप्पु कन्ट्रक्सनका तत्कालिन संचालक हरिनारायण रौनियारलाई सम्बध निकायले पटक पटक ताकेता गर्दा समेत अटेरी गरेपछि निजलाई कालोसुचीमा राखेर टेण्डर प्रक्रिया रद्द गरिएको थियो ।
पुलको १७ वटै स्पानको काम सकिएको अवस्था छ, पुलको काम ६० प्रतिशतको हाराहारीमा मात्रै पुरा भएको छ, लुम्बिनि बिल्डर्स प्राली सिद्धार्थनगरको फर्ममा पप्पु कन्ट्रक्सनले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयामा ठेक्का सकार गरेका थिए । फर्म लुम्बनीको भएपनि सम्पुर्ण कामको जिम्मा पप्पु कन्ट्रक्सनले लिएको थियो ।

तत्कालिन निर्माण कम्पनीलाई कालो सुचीमा राखेर ठेक्का रद्द गरेपछि पुन ः प्राविधिक डिजाइनमा परिवर्तन गरी वृहत रुपमा डिपिआर गरेर पुलको स्पान थपगर्ने, नदीको धार परिवर्तन गरिने, पुलको एप्रोच सडक बनाउने, विम ढलान गर्ने लगायतको कामका लागि झण्डै ८० करोड रकम विनियोजन गरेर गत साता बोलपत्र आहवान गरिएको हुलाकी राजमार्ग आयोजना टेकु काठमाडौंको आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले तराई टपलाई जानकारी दिए ।


तत्कालिन निर्माण कम्पनीलाई कालो सुचीमा राखेर ठेक्का रद्द गरेपछि पुन ः प्राविधिक डिजाइनमा परिवर्तन गरी वृहत रुपमा डिपिआर गरेर पुलको स्पान थपगर्ने, नदीको धार परिवर्तन गरिने, पुलको एप्रोच सडक बनाउने, विम ढलान गर्ने लगायतको कामका लागि झण्डै ८० करोड रकम विनियोजन गरेर गत साता बोलपत्र आहवान गरिएको हुलाकी राजमार्ग आयोजना टेकु काठमाडौंको आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले तराई टपलाई जानकारी दिए ।
वागमती पुलको निर्माण भए संगै तराई मधेशका जिल्लाहरु एक आपसमा जोडिने तथा लाखौं स्थानीय बासिन्दाहरु हुलाकी सडकबाट लाभान्वित हुनेछ । समयमै निर्माण कार्य पुरा गराउन आयोजना निरन्तर रुपमा प्रयासरत रहेको स्पष्ट पार्दै आयोजना निर्देशक झाले पछिल्लो समयमा कोरोना महामारीको कारण निर्माण कार्यमा निकै बाधा भएको हुँदा आयोजना आफनो लक्ष्यका साथ निर्धारित समयमा पुरा गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।


हुलाकी सडक आयोजनाको निर्माण द्रुत गतिमा


आर्थिक बर्ष २०६५÷०६६ साल देखि नेपाल सरकारले हुलाकीलाई विकसित गर्न छुटै आयोजना खडा गरी अध्ययन, डिजाईन र निर्माणको काम गर्दै आएको छ । २०६६÷०६७ देखि सुरु भई २०७९÷०८० सम्म निर्माण कार्य पुरा गर्नुपर्ने छ । हुलाकी राजमार्ग निर्माण गर्ने कुल लागत ६५ अर्ब २० करोड रहेको छ जसमध्ये भारतीय अनुदान ८ अर्ब तथा ५७ अर्ब २० करोड नेपाल सरकार÷आईएमएफको अनुदान सहयोग हुने गरी आयोजना संचालनमा ल्याइएको आयोजना निर्देशक झाले बताए ।
तराई मधेशको २१ वटा जिल्ला भएर जाने हुलाकी राजमार्ग आयोजना जाने उक्त राजमार्गबाट करिव ८० लाख जनताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने जानकारी दिदै आयोजना निर्देशक झाले पुर्व पश्चिम गरी ९७५ किलोमिटर लम्बाई रहेको आयोजनामा सहायक मार्ग ८८२.४२ किलोमिटर गरेर १८५७.४२ किलोमिटर सडक र २५० वटा पुल रहेका छन् ।
इटहरी, जनकपुर, वीरगञ्ज, कपिलबस्तु, नेपालगञ्ज, धनगढी गरी ६ वटा आयोजना कार्यालयहरु र सडक डिभिजन भरतपुरबाट उक्त आयोजना अन्तर्गतको निर्माण कार्यहरु निर्वाध रुपमा निगरानी, निरीक्षण लगायतका सम्पूर्ण कार्यहरु संचालनमा ल्याएको छ ।


आयोजनाको वित्तिय प्रगती


आयोजना सुरु भएको आर्थिक बर्ष २०६५÷०६६ देखि गत आर्थिक बर्ष २०७७÷०७८ सम्ममा भारतीय अनुदान ६ अर्ब ७० करोड गरी ४५ अर्ब ८३ करोड खर्च भईसकेको जानकारी दिदै आयोजना निर्देशक झाले तराई टप संग कुरा गर्दै चालु आर्थिक बर्षमा पुजींगत तर्फ ६ अर्व ३१ करोड ३३ लाख रुपैया निनियोजन गरिएको जानकारी दिए । गत आर्थिक बर्ष सम्म कार्यको प्रगति ६८.५ प्रतिशत र वित्तिय प्रगति ७०.२९ प्रतिशत रहेको छ । २५० पुल मध्ये ९९ वटा पुलको निर्माण कार्य प्रगती भईसकेको भएपनि एक सय किलोमिटरमा २० वटा पुलको ठेक्का बहुँबर्षिय ठेक्का व्यवस्थापन हुने भनिएपनि पुलको डिजाइन इआईए÷आईइइ तयारीमा रहदा ठेक्का लाग्न ढिलो भएको उनले स्पष्ट पारे ।


सडक निर्माणमा देखिएका समस्या


चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने चितवन र नवलपरासीको त्रिवेणी जोड्ने करिव १०० किलोमिटर सडक रेखाँकनको अन्यौलताले ठेक्का व्यवस्थापन हुन नसकेको, प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालय, हुलाकी सडक निर्देशनालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर भएको कारण अहिले उक्त क्षेत्रको समस्या समाधान नभए सम्म त्यसै छाडिएको उनले भने । उक्त समस्या समाधान गर्न सम्बन्धित निकाय (आइ यु सि एन, वल्ड हेरिटेज सेन्टर) तथा स्थानीय सरोकारवालाहरु संग पटक पटक समन्वय एवं सहजीकरणको लागि पहल तथा छलफल गरिएको बताए । इआईए गर्न पुर्व स्वीकृतिको लागि वन मन्त्रालयमा फायल पेश भएको तर हाल सम्म कुनै निष्कर्ष निस्कन नसकेको निर्देशक झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार