स्वास्थ्यकर्मीको गम्भीर लापरवाही, म्याद गुज्रिएका जापनिज इन्सेफलाइटिसका भ्याक्सिन स्वास्थ्यकन्द्रमा

0 Shares
रौतहट, १८ कार्तिक । बालबालिकाहरुलाई लगाउन ठिक पारेको जापनिज इन्सेफलाईटिसका भ्याक्सिन म्याद गुज्रिसकेको को पाइएपछि स्वास्थ्य कर्मचारीको लापरवाही माथि गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरिया स्वास्थ्य केन्द्रमा मंगलवार बालबालिकाहरुलाई दिन ठिक्क पारिएका जापनीज इन्सेफलाईटिसका भ्याक्सिन म्याद गुज्रिएको पाउदा स्थानीयहरु स्वास्थ्य कर्मचारी माथि गम्भीर लापरवाही भएको ठहर गर्दै गम्भीर प्रश्न चिन्ह् खडा गरेका हुन् ।
चन्द्रपुर अस्पतालबाट ल्याएको जापानिज इन्सेफलाइटिसको भ्याक्सीन म्याद गुज्रिसकेको पाइएपछि भ्याक्सिन दिन रोक लगाइएको डुमरिया स्वास्थ्य केन्द्रका प्रमुख जयलाल पंडितले बताए ।
१२ महिना देखि २३ महिना भित्रका बालबालिकाहरुलाई जापानिज इन्सेफलाइटिस नामक रोगको निवारण हेतु आजको मिति तय गरिएकोमा त्यहाँ पठाइएको भ्याक्सिन यस्तो पाइएको उनले भने ।
२०२५ नोभेम्बर १ तारिखमा उक्त औषधीको म्याद सकिएको पाइयो । आज ४ नोभेम्बर हो म्याद सकिएको भ्याक्सिन कसरी लाउने भनेर रोक लाइएको बताए । स्वास्थ्यकर्मीहरुको चरम लापरवाहीले यसरी बालबालिकाहरुको ज्यान माथि खेलवाड भएको वडा अध्यक्ष नवराज देबकोटाले आक्रोश पाखे ।
म्याद सकिएको भ्याक्सिन पठाउने विरुद्ध छानबिन गरी दोषि कर्मचारीलाई विभागिय कारवाही गर्नुपर्ने वडाध्यक्ष अध्यक्ष देबकोटाले संचारकर्मीलाई देखाउदै उक्त माग गरे ।
चन्द्रपुर नगरपालिकका स्वास्थ्य शाखाका प्रमुख राजेश ठाकुरले यो गम्भीर गल्ती भएको स्वीकार गरे । अस्पतालमा म्याद भएको भ्याक्सीन हुदा हुदै पनि कर्मचारीले भलवस म्याद नाघेको भ्याक्सीन ल्याएको स्वास्थ्य शाखा प्रमुख ठाकुरले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले आफुले हिजो मात्रै प्रदेश कार्यालयबाट रौतहट जिल्ला भरीको लागी भ्याक्सीन ल्याएर वितरण गरेको बताउदै बितरण गरेको भ्याक्सीनमा २०२६ अप्रिल सम्म म्याद रहेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।