क्यानाडा । विश्व ब्राह्मण फेडरेशन (डब्लुबीएफसी) को आयोजनामा दीपावली मिलन २०२५ कार्यक्रम यस वर्षको एक अत्यन्तै स्मरणीय, आध्यात्मिक र सांस्कृतिक महोत्सवको रूपमा स्थापित भएका छन ।
कार्यक्रमका सहभागीहरूलाई दीप, भक्ति र संस्कृतिप्रतिको गर्वले भरिपूर्ण वातावरणले मन्त्रमुग्ध बनाएका हुन् । ब्राह्मण समुदायको गौरव, एकता र मूल्यप्रतिको समर्पण यस वर्षको मिलनको मूल आत्मा रह्यो ।
जगद्गुरु शङ्कराचार्यको आशिर्वचन र प्रमुख अतिथिको सन्देशले भरिएको कार्यक्रमको मुख्य आकर्षणमध्ये एक थियो । जगद्गुरु शङ्कराचार्य श्री पूज्य निश्चलानन्द सरस्वती जी महाराजबाट प्राप्त आशिर्वचनलाई प्रेमचन्द्र झा मार्फत् सम्प्रेषित गरिएको थियो । उहाँको सन्देशले ब्राह्मणीय जीवनशैलीको आध्यात्मिकता र कर्मयोगको महत्व उजागर गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि कलराज मिश्रले पनि आफ्नो सन्देश मार्फत ब्राह्मणीय मूल्य र परम्पराले आधुनिक विश्वलाई कसरी नैतिकता, ज्ञान र उज्यालो तर्फ डोर्याइरहेको छ भन्ने गहिरो विचार प्रस्तुत गरे । उनको प्रेरणादायी सम्बोधनले उपस्थित रहेकाहरुमा गर्व र आत्मविश्वासको नयाँ ऊर्जा थप्यो ।
विश्व ब्राह्मण फेडरेशनका अध्यक्ष प्रोफेसर आजाद कौशिकको दूरदर्शी नेतृत्व, नीतिगत मार्गदर्शन र निरन्तर सहयोगले यस कार्यक्रमको सफलतामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आयोजक समितिले उनीप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
समुदायका गौरवशाली व्यक्तित्वहरूलाई सम्मान
कार्यक्रमको विशेष आकर्षणमध्ये एक रहेका थिए । ब्राह्मण समुदायका उल्लेखनीय व्यक्तित्वहरूलाई विभिन्न श्रेणीका पुरस्कारद्वारा सम्मान गरियो ।
स्थानीय स्तरमा पुरस्कार विजेता थिए ।
ब्राह्मण गौरव पुरस्कार पाउनेमा वेदिका चन्दर कौशल, ब्राह्मण श्री पुरस्कार पाउनेमा सार्जेन्ट सन्तोष चौबे, विद्याभूषण धर, कल्पेश जोशी, प्रेमल नाइक, मीनाक्षी रैना, सुभाष शर्मा, आचार्य सुनीप कुमार त्यागी जी ब्राह्मण भूषण पुरस्कार पाउनेमा कानन भट्ट, पण्डित नवनीत कौशल, लाजपत राय प्रशेर, कुलदीप शर्मा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पाउनेहरुमा ब्राह्मण श्री पुरस्कर पाउनेहरुमा अभिनव गोस्वामी (अमेरिका) ब्राह्मण भूषण पुरस्कार पाउनेहरुमा प्रेमचन्द्र झा (भारत), पण्डित सतीश के. शर्मा (युके), डा. दिवाकर सुकुल (युके) र आचार्य डा. दीनदयाल मणि त्रिपाठी (भारत) रहेका छन ।
ब्राह्मण रत्न पुरस्कार पाउनेमा डा. सरस्वती जोशी (फ्रान्स) र डा. ओम शर्मा (अमेरिका) रहेका छन ।
यो सबै सम्मानित व्यक्तिहरूले आफ्नो कर्म, समर्पण र सांस्कृतिक योगदानद्वारा ब्राह्मण समुदायको प्रतिष्ठा उच्च राख्नु भएको आयोजकले दाबी गरेका छन ।
कार्यक्रमको समापनमा आयोजक साधना जोशीले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै भनिन्ः “दीपावलीको यो उज्यालो केवल घर र मन्दिरमा जल्ने दीयोहरूमा हाम्रो मन, संस्कार र ब्राह्मणीय एकतामा पनि जलिरहेको ज्योति हो ।”
दीपावली मिलन २०२५ केवल एक सांस्कृतिक कार्यक्रम मात्र नभई ब्राह्मणीय आदर्श, आध्यात्मिकता र सामाजिक एकताको सशक्त प्रतीकका रूपमा स्मरणीय रह्यो ।