दुर्घटनामा परेर मृत्यु भएको खेदु चौधरीको अन्तेष्टी

   ६ पुष २०७८, मंगलवार १६:५८  

तराई टप
रौतहट ६ पुस । नेकपा एमालेका नेता स्वर्गीय खेदु चौधरीको उच्चसम्मनका साथ मंगलबार बिहान रौतहटको लक्षमिनिया घाटमा अन्तेष्टी गरिएको छ । एमालेका विभिन्न तहका नेता, कार्यकर्ता, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, आफन्त तथा सयौंजना शुभेच्छुकको सहभागितामा लक्षमिनिया घाट लालबकैया नदि किनार अन्तेष्टी गरिएको हो । उक्त अवसरमा मौलापुर नगरप्रमुख मेयर रिनाकुमारी साह, फतुवा बिजयपुरकि उपमेयर कान्ति देवि महतो, एमाले नगर अध्यक्ष बिजय यादव निर्बिज, मेयर प्रत्याशी सुरेन्द्र यादव, वडा अध्यक्ष संजय साह, एमाले युवा नेता मुकेश यादवले संयुक्तरूपमा स्वर्गीय खेदु चौधरीको पार्थिव शरीरमाथि सुर्य अंकित झणडा ओढाएर सम्मान गर्नु भएको थियो ।
अन्तेष्टी कार्यक्रममा एमाले नगर सचिव उमाकान्त दाहाल, वडा अध्यक्ष ब्रहम नारायण यादव,मेयर प्रत्याशी बुधाई खांवका साथै फतुवा बिजयपुर,देवाही गोनाही लगायत आसपासका सैयौं मानिसको सहभागिता रहेको थियो ।
स्वर्गीय खेदु चौधरी फतुवा बिजयपुर वडा ९ का एमालेका पार्टी सचिव रहेका थिए । उनको एक छोरा र एकजना छोरी श्रीमती रहेकी छिन । आइतबार राती साढे ८ बजे फतुवा बिजयपुर ११ हिमालिबास स्थित गुगल निर्माण सेवाको गिट्टी बोकेको टिपरले ठक्कर दिंदा एमाले नेता चौधरीको घटना स्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिने टिपर र चालकलाई ईलाका प्रहरी कार्यालय बिजयपुरको नियन्त्रणमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै