जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षा स्थापित गराउनु प्रजिअ धर्मेन्द्रकुमार मिश्रको प्रतिबद्धता

0 Shares
वारा, २१ कार्तिक । बारा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नु भएका धर्मेन्द्रकुमार मिश्रले कुनैपनि राजनीतिक दलको प्रभावमा नपरी ऐनकाननुको परिधी भित्र रहेर जनताहरुलाई जनमुखी सेवा प्रदान गरी जिल्लामा पूर्ण शान्ति सुव्यवस्था गराउने प्रतिबद्धता जनाए ।
जिल्ला प्रशासन कार्यालय कलैयामा विहिवार आयोजित पत्रकार भेटघाट एवं परिच्यात्मक कार्यक्रममा आफनो धारणा प्रष्ट पार्दै प्रजिअ मिश्रले शान्ति सुरक्षा, सुशासन, छितोछरितो सेवा प्रवाह र निर्वाचन लक्ष्ति कार्यहरुलाई पूर्ण निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता गरे ।
मंगलवार वारा जिल्लामा प्रजिअको कार्यभार सम्हालेका मिश्रले आफ्नो पहिलो औपचारिक सम्बोधनमै जिल्लावासीको अपेक्षा र प्रशासन प्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारे ।
सिडिओ मिश्रले बारा जिल्लामा शान्ति–सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनेमा विशेष जोड दिए । “जिल्लामा हुने साना–ठूला अपराधलाई न्यूनीकरण गर्न प्रहरी प्रशासनसँग पूर्ण समन्वयमा काम गरिनेछ,” उनले भने । अपराध नियन्त्रणका लागि सूचना सङ्कलन, गस्ती वृद्धि र समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउने योजना रहेको उनले जानकारी दिए ।
“सुशासन भनेको केवल नारामा मात्रै सिमित रहने होइन, यो दैनिक कामको आधार हो,” उनले भने । यसका लागि जिल्लाका सबै सरकारी कार्यालयहरूको कार्यशैलीमा सुधार ल्याउने र सेवा प्रवाहलाई छिटो, छरितो, पारदर्शी र निःशुल्क बनाउने उनको योजना छ ।
सो पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्रका एसपी खुमबहादुर केसी, राष्ट्रिय अनुसन्धान उपनिर्देशक सरोज निरौला सहितका सुरक्षा निकायका उच्च अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।