आफताव आलमको निधनबाट काँग्रेसलाई ठूलो धक्का, तीन दिन सम्म आझा झण्डा झुकाउने निर्णय

0 Shares
रौतहट, २२ कार्तिक । ४६ बर्षको राजनीतिक यात्रा पश्चात पूर्ण विराम लागेको गद्दावर एवं जनप्रिय नेता मोहम्मद आफताव आलमको निधनबाट नेपाली काँग्रेसलाई ठूलो धक्का लागेको महसुस गर्दै तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेका छन् ।
ब्रेम स्टोकबाट जुझिरहेका नेता आलम काठमाडौंको केएमसी अस्पतालमा अन्तिम सास लिए । उनको आज विहान ३.३० बजेको समयमा संसारिक मोहमायाबाट उनको प्राण पखेरु सधैको लागि उडेर बायुमण्डलमा मिश्रित भए ।
आलमको निधन भएपछि बल्ल नेपाली काँग्रेसले उनको योग्दान एवं आवश्यकतालाई महसुस गर्दै उनीप्रति हार्दिक शमवेदना प्रकट गर्दै तीन दिन सम्म आधा झण्डा भुकाउने निर्णय गर्दै उच्च सम्मान दिएका छन् ।
शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरे ।
कार्तिक २३ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय बैठकले गरेको छ ।  नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति मोहम्मद आफ्ताव आलमको ६३ वर्षको उमेरमा निधनले पार्टीको अपूर्णिय क्षति भएको छ ।
दिवंगत आलमको यात्रा
२०१९ असार ५ गते रौतहटको राजपुर फरहदवामा जन्मिएका आलमले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी पटक–पटक मन्त्री पदको जिम्मेवारी समेत सम्हालेका थिए । शेख इद्रिशको निधन पछि २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधान सभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएको थियो ।
२०६७ को १२ औं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित समेत भएका थिए ।
आफताव आलम कुनै कसैको मोहताज थिएन उनी आफै एक कुशल राजनीतिक व्यत्तित्व हुनुहुन्थ्यो, उनको निधनबाट रौतहट मात्रै नभई काँग्रेस प्रति वफादार हुने सम्पूर्णले एक कुशल अभिभावक गुमाएको हुँदा उनको आत्मलाई शान्ति मिलोस भने तराई टपले कामना गर्दै उनको निधनबाट आलम परिवारलाई यस दुखको घडीमा धर्यधारण गर्ने हौसला पर्वर दिगारले पुरा गरुन समेत कामना गर्दछौं ।
उनको लोकप्रियता कतिको थिए भने आज राजपुरमा उनको निष्केका अन्तिम यात्राको क्रममा के पक्ष के प्रतिपक्ष सबैको आँखा सराएका थिए । सबै आ आफना स्थानबाट उठेर आलमको निधन प्रति शोक वक्तव्य जारी गर्दै उनी प्रति श्रद्धाञ्जली अपर्ण गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।