२४ सौ घण्टा होटल तथा रेष्टुरेन्ट खुला गरी पर्यटनलाई बढावा दिने गृह मन्त्रीको प्रस्ताव

   ७ पुष २०७८, बुधबार १८:२६  

तराई टप
काठमाडौं, ७ पुस । गृह मन्त्री बालकृष्ण खाणले आम नागरिकलाई राज्य संग जोडेर पर्यटन मार्फत करको डायरलाई फराकिलो बनाउनु पर्ने प्रस्ताव ल्याएको छ ।
होटल तथा रेष्टुरेन्टहरुलाई २४ सौं घण्टा खुला राखेर आम नागरिकलाई त्यसमा सहभागी गराई पर्यटन क्षेत्रमा बढावा दिने उद्देश्यले उक्त प्रस्ताव गृहमन्त्री खाणले ल्याएको बताइएको हो ।
अर्थ मन्त्रालयमा भएको पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफलमा उनले करको दायरामा आएका होटल तथा रेष्टुरेन्टहरूलाई २४ सै घण्टा खुला राख्न उपयुक्त हुने प्रस्ताव राखे । यसो गर्दा व्यवसाय फष्टाउने र राजस्व वृद्धिमा पनि सहयोग पुग्ने गृह मन्त्री खाणले बताए ।
यसको लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय तयार रहेको मन्त्री खाणको भनाइ छ । सुरक्षा प्रबन्ध मिलाएर रातभर होटल रेष्टुरू खोल्ने प्रस्तावलाई लिएर व्यवसायी तथा उपभोक्ता हर्षित बनेको पर्यटन व्यवसायीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै