सामुदायिक वनका पूर्व अध्यक्षको निर्देशनमा जनसेवा सामुदायिक वनबाट सालको गोलिया चोरी निकासी

0 Shares
फाइल तस्वीर
रौतहट, २७ कार्तिक । रौतहटको सामुदायिक वन क्षेत्रबाट पूर्व पदाधिकारी नै काठ चोरी गर्ने प्रयास भएको गम्भीर आरोप लागेका छन् ।
चन्द्रपुर नगरपालिका–१ स्थित जनसेवा सामुदायिक वन क्षेत्रमा दिउसै वन उपभोक्ता समितिका पूर्व अध्यक्ष दण्डबहादुर पुलामीको निर्देशनमा ढलेका सालको रुखलाई आराबाट गोलिया बनाएर लैजाने अवस्थामा स्थानीयहरुले समातेपछि उक्त गोरखधन्धाको रहस्य खुलेका हुन् ।
स्थानीय बासिन्दाहरुको अनुसार, हावाहुरीका कारण ढलेका सालको रुख काट्न डिभिजन वन कार्यालयबाट अनुमती नै नलिई पूर्व अध्यक्ष पुलामीले उक्त रुखको विभिन्न आकारका गोलिया बनाई चोरी निकारीको तयारीमा रहेको अवस्थामा स्थानीयहरुले घेरेपछि वन कार्यालयको टोली पुगेको श्रोतको दाबी छ ।
हिजो बुधवार दिउसो स्थानीयहरु गोलिया बनाउने कार्य देखेर विरोध जनाउदै सम्बध निकायमा खवर गरेपछि उक्त गोरखधन्धाको रहस्य खले । चोरी कार्यको स्थानीयले सार्वजनिक गरेको भिडियोमा एक महिलाले स्पष्ट रूपमा बताएकी छिन् — “यो रुख पूर्व अध्यक्ष पुलामीकै आदेशमा काटिएको हो, साँझ गाडी ल्याएर लाने तयारी थियो ।”
उक्त सम्बन्धमा पूर्व अध्यक्ष पुलामीले भने आफूले रुख काट्ने वा गोलिया बनाउने काम नगरेको दाबी गरे । तर, स्थानीयहरूले सार्वजनिक गरेका प्रमाण र भिडियोले उनको दाबीमाथि ठूलो प्रश्न उठाएको छ ।
जनसेवा सामुदायिक वनमा यसअघि पनि काठ चोरी र तस्करीको प्रयास हुने गरेको स्थानीयको आरोप छ । उनका अनुसार, हरेक पटक यस्तो कार्य वन पदाधिकारी र डिभिजन वन कार्यालयका केही कर्मचारीको मिलेमतोमा हुने गरेको छ ।
“यदि दोषीमाथि तत्काल कारबाही भएन भने हामी सामूहिक आन्दोलनमा उत्रिनेछौं, स्थानीयहरुले चेतावनी दिए ।” यसप्रकारको घटनाले पटक पटक सामुदायिक वनभित्रै फैलिएको भ्रष्टाचार र तस्करीको जालोलाई उजागर गरिदिएको छ । डिभिजन वनको रक्षकहरुको भूमिकामाथि पनि गम्भीर प्रश्न चिन्ह खडा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।