नेपाल–भारत पारवहन सन्धीको प्रोटोकलहरु संशोधन, संशोधनबाट सबै प्रकारका कार्गो ढुवानी गर्न मिल्ने

0 Shares
रौतहट, २८ कार्तिक । छिमेकी मुलुक भारत संग नेपाल र भारत बीचको पारवहन सन्धीको प्रोटोकलहरु संशोधन भएका छन् ।
भारत सरकारको वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री अनिलकुमार सिन्हा बीचको दुईपक्षीय भेटघाट पश्चात नेपाल भारत संगको पारवहन सम्बन्धि प्रोटोकल संशोधन भएर सम्झौता पत्र एक अर्काबीच आदान प्रदान भएका हुन् ।
नेपाल र भारतबीच सम्पन्न भएको पारवहन सन्धिको प्रोटोकलमा संशोधन गरेर कोलकाता–विशाखापटनम, विराटनगर–जोगवनीसम्म र कोलकाता–विशाखापटनम बाट नौतनवा (सुनौली) सम्म रेलमार्ग मार्फत र त्यहाँबाट भैरहवा सम्म सडकमार्ग प्रयोग गरेर विभिन्न किसिमका कार्गो ढुवानी गर्न पाउने व्यवस्थापन गरिएका छन् ।
अहिलेको पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएको छ । उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतकाका अनुसार विगतमा उक्त दुवै नाकाबाट रेल मार्ग मार्फत चारवटा वल्क सामान मात्र ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा पारवहन सन्धिको प्रोटोकलमा भएको उक्त संशोधनबाट सबै किसिमका कार्गो ढुवानी गर्न सकिनेछ । यसबाट नेपालको पारवहन लागत र समयमा निकै कमी आई व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
भारतको विशाखापटनम जाने क्रममा भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री गोयलसँग भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य भवन उद्योगमन्त्री सिन्हाले गरेको भेटघाटमा नेपाल र भारतबीचको द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवद्र्धनका विषयमा विस्तृत छलफल भएको थियो ।
सो अवसरमा व्यापार तथा पारवहन सहजीकरण गर्नका लागि बिआइएस प्रमाणीकरण प्रकृया सरलीकरण र द्विपक्षीय व्यापार र पारवहन व्यवस्थामा थप सुधार एवं सहजीकरण गर्ने सन्दर्भमा छलफलको भएको सहसचिव बस्नेतले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
भारतको वाणिज्य मन्त्रालयले जारी गरेको एक प्रेस विज्ञप्तिमा भनेको छ, ‘प्रोटोकलमा लिइएको उदार नीतिले दुवै देशबीच मल्टिमोडल व्यापार सम्पर्कलाई बलियो बनाउनुका साथै नेपाल र तेस्रो मुुलुकबीचको व्यापारलाई पनि सुदृढ बनाउनमा मद्दत पुग्ने छ ।’
मन्त्री सिन्हाले भारत सरकारको “छिमेकी पहिलो नीति” को प्रशंसा गर्दै सो नीति अनुरुप द्विपक्षीय व्यापार एवं पारवहन व्यवस्थामा सुधारका साथै लगानी प्रवद्र्धनका लागि दुबै मुलुकले समन्वय र सहकार्यलाई अझ बढी उन्नत बनाउनुपर्ने आवश्यकता औँल्याए ।
सो अवसरमा भारतका वाणिज्य तथा उद्योगमन्त्री गोयलले भारतले नेपाललाई विशेष प्राथमिकता दिएको उल्लेख गरेका थिए । छलफलका क्रममा रहेका तथा सम्बोधन गर्न बाँकी अन्य विषयलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन जरुरी रहेको तर्फ दुवै देशका संवद्ध पदाधिकारीहरूलाई ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।