नेपाल–भारत सीमा भएर आवतजावत गर्नेहरुको अभिलेख संकलन गर्न भारतीय पक्षद्वारा प्रस्ताव

0 Shares
रौतहट, ३० कार्तिक । नेपाल–भारत सीमा भएर आवतजावत गर्नेहरुको विवरण एवं अभिलेख संकलन गर्न भारतीय पक्षले नेपाल समक्ष औपचारिक रुपमा प्रस्ताव गरेका छन् ।
परापूर्व काल देखि नेपाल–भारत बीच खुला सीमानाका भएको हुँदा दुबै देशका नागरिकहरु सहज रुपमा आवतजावत गर्ने गरेको अवस्थामा उक्त सीमाको दुरुपयोग गर्दै तेश्रो मुलुकका नागरिकहरु अबैध रुपमा गरिरहेको घुसपैठलाई निस्तेज पार्न नागरिकको अभिलेख राख्नुपर्ने भारतीय पक्षद्वारा नेपाल समक्ष औपचारिक रुपमा प्रस्ताव गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार दैनिक रुपमा नेपाल भारत सीमा नाकाबाट आवतजावत गर्ने व्यक्तिहरुको विवरण संकलन गर्नुपर्ने नितान्त आवश्यक रहेको एक बैठकमा भारतीय पक्षले कुरा उठाएको छ ।
नयाँ दिल्लीमा सम्पन्न भएका ९ औं सीमा सुरक्षा समन्वयात्मक बैठकमा भारतीय गृह सचिव गोविन्द मोहनले उक्त प्रस्ताव अघि सारेको बताइएको छ ।
सचिव स्तरीय प्रस्तावमा दुवै पक्षबीच अन्तिम निर्णय नभएपनि प्रस्ताव भारतीय पक्षले राखेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । बैठकमा सहभागी एक नेपाली अधिकृतका अनुसार प्रस्तावबारे गृह मन्त्रालयका सचिवसँग परामर्श गरी सहमति बनेपछि मात्र अभिलेख राख्ने प्रक्रिया लागु हुन सक्छ ।
सीमा सुरक्षा बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्याल सहितको टोली उक्त बैठकमा भाग लिएका थिए । बैठकमा सशस्त्र प्रहरीका आईजी अर्यालले सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलसँग जेनजी प्रदर्शनका क्रममा भएका लुटपाट तथा जेलबाट फरार कैदीबन्दी नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका थिए ।
एसएसबीका महानिर्देशक सिंघलले नेपालमा लुटपाट तथा फरार व्यक्तिहरूका फोटोसहितको विवरण उपलब्ध गराए भारत पक्षले समन्वय गरी नियन्त्रणमा सहयोग गर्न तयार रहेको बताए । उनका अनुसार जेलबाट भागेका कैदी र सुरक्षाकर्मीबाट लुटिएका हतियार भारतका लागि पनि चुनौती रहेको बताए ।
नेपाल र भारतका सुरक्षा अधिकारीबीच १२ वटा एजेन्डामा छलफल र सहमति भएको बैठकमा सहभागी एक उच्च अधिकृतले जानकारी दिए । दशगजा क्षेत्रमा बनेका अवैध संरचना हटाउने विषयमा समेत दुवै पक्षबीच सहमति भएको । यस्तै विपद् व्यवस्थापन, तालिम आदानप्रदान तथा सीमा सुरक्षा सम्बन्धी विभिन्न तथ्यांक र सूचनामा सहकार्य गर्ने विषयमा पनि दुई देशका सुरक्षातन्त्रबीच समझदारी बनेको छ ।
कार्तिक २६ देखि २८ गतेसम्म आयोजित बैठकमा नेपालतर्फबाट आईजी अर्याल, एआईजी गणेश ठाडा मगर, नेपाल प्रहरीका डीआईजी दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, एसएसपी किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तण्डुकार सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।