एजेन्सी
ल्हासा÷जहाँ अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउने कोशिष गरिन्छ, विभिन्न खाले थिचोमिचो एवं अन्यायलाई दवाउने प्रयास हुन्छ, स्वतन्त्र रुपमा पत्रकारिता गर्ने माथि बल प्रयोग गरिन्छ त्यो मुलुकमा प्रजातन्त्र भन्न सुहाउदैनन् ।
यस्तै घटना कुनै वेला स्वतन्त्र देशको रुपमा चिनिने हाल चिनियाँ स्वशासित प्रदेशको रुपमा रहेका तिब्बतको एक लेखकले चिनियाँ लेखकलाई १० बर्षको जेल सजाय सुनाएप्रति आफूलाई प्रजातान्त्रिक मुलुकको सुचीमा राख्ने चिनको यस्ता कार्यबाट पुष्टि गर्दछ कि चीनमा अभिव्यक्ति आजादी कतिको रहेको छ ।
तिब्बती लेखक “गो शेराब ग्यात्सो” लाई चिनियाँ अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । शिक्षाविद् समेत रहेका ग्यात्सोलाई तिब्बतस्थित एक चिनियाँ अदालतले गोप्य मुद्धाको नाममा १० वर्षको जेल सजाय सुनाएको हो । ४६ वर्षीय ग्यात्सो सिचुआनको ङाबा स्थित किर्ती विहारका भिक्षु समेत हुन् । निर्वासित आध्यात्मिक नेता दलाई लामा प्रति वफादार रहेर व्यक्त गर्ने लेखकको रुपमा समेत परिचित उनलाई सन् २०२० अक्टोबर २६ मा चीनका सुरक्षा एजेन्टहरुले अज्ञात अभियोगमा हिरासतमा लिएका थिए ।
सो समय देखि हिरासतमा रहेका ग्यात्सोलाई तिब्बत स्थित चिनियाँ अदालतले दुई दिनअघि सम्पन्न मानव अधिकार दिवसको दिनलाई पारेर उनलाई १० वर्षे जेल सजाय सुनाएको थियो । हाल उनलाई तिब्बतको राजधानी ल्हासा स्थित जेलमा पठाउने तयारी भइरहेको रेडियो फ्रि एसियाले जनाएको छ ।
दलाई लामा प्रति बफादार रहेका एवं विभिन्न थिचोमिचो, अन्याय एवं विभेदलाई लेखको मार्फत उजार गर्ने ग्यात्सोलाई चिनियाँ सरकारले गोप्य अभियोग लगाएर अभिव्यक्तिलाई बाहिर आउन नदिने प्रयास गरेको एउटा उदाहरणको रुपमा लिएको विश्लेशकहरु बताउँछन् ।