कानुनी जटिलतालाई चिर्दै अग्निसाईर–कृष्णासबरन गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा कल्पना कुमारी चौधरी

0 Shares
सप्तरी, ६ मंसिर । कानुनी जटिलतालाई चिर्दै सप्तरीको अग्निसाईर–कृष्णासबरन गाउँपालिकाको उपाध्यक्ष कल्पनाकुमारी चौधरी कार्यावाहक अध्यक्षको जिम्मेवारी पाएर सेवा आरम्भ गरेकी छिन् ।
गाउँ कार्यपालिकाको कार्तिक १८ गते बसेको बैठकबाट उपाध्यक्ष चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेपछि कार्यवाहक रुपमा पदभार ग्रहण गरेर पालिकाबाट प्रवाह गरिने सेवा आरम्भ गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले गत असोज ५ गते उपाध्यक्ष कल्पना समक्ष पेश गरेको राजिनामा पत्र नेपालको संविधान २०७२ को धारा २१५ को उपधारा (८)  बमोजिम स्वीकृत गरेर उक्त पत्र उपाध्यक्ष चौधरीले कार्तिक १७ गते  निर्वाचन आयोगको कार्यालय कान्तिपथ काठमाडौंमा पठाएका थिए ।
तर राजिनामा दिएका अध्यक्ष दिनानाथले कानुनी चुनौती दिएपछि यही मंसिर १ गते उच्च अदालत जनकपुरको अस्थायी इजलाश राजविराजबाट आएको अन्तरिम आदेश पछि हिजो शुक्रवार देखि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेकी कल्पनाले तराई टप संग भनिन ।
कार्यवाहक अध्यक्षको जिम्मेवारीलाई पूर्ण निष्ठाका साथ जनता प्रति उत्तरदायी भएर सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै कल्पनाले दलिय स्वार्थ भन्दा माथि उठेर जनतालाई सर्वोपरी मानी आत्मसाथ गरेर काम गर्ने विश्वास दिलाईन ।
पालिकावासीको आशा, अपेक्षा, विश्वास र हित हुने आधारमा काम गर्नु नै मेरो पहिलो कर्तव्य हुने छ । अध्यक्षज्यूको राजीनामापूर्व गाउँपालिकामा उत्पन्न केही अस्तव्यस्तता, अन्योल र व्यवस्थापकीय चुनौतीहरू बारे हामी सबैकुरा अवगत रहेको जिकिर गर्दै कार्यवाहक अध्यक्ष कल्पनाले आज देखि जनताहरुको साथ र समर्थनलाई शक्ति बनाउँदै अस्तव्यस्ततालाई बिस्तारै लयमा फर्काउँदै, पारदर्शी, व्यवस्थित र परिणाममुखी प्रशासन स्थापना गराउने प्रतिबद्धता जनाइन् ।
गाउँकार्यपालिका, सम्माननीय गाउँसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, तथा सबै साखा–उपसाखाका कर्मचारीहरू हामी सबै एउटै परिवारझैँ एकता, विश्वास र प्रतिबद्धताका साथ गाउँपालिकावासीको सेवामा समर्पित हुने विश्वास दिलाइन् ।
यही क्रममा चाँडै नै हामी पालिका सञ्चालनमा सुधारका कार्यक्रमहरू अघि बढाउँदै, जनताको वास्तविक भावना बुझ्नका लागि हरेक जनताको घरदैलोमा उपस्थित भई उनीहरुको पिडा मर्का एवं सुझाव सलाह अनुसार अघि बढ्ने प्रतिक्रिया दिइन ।
सुशासन, वित्तीय पारदर्शिता, नागरिकमैत्री सेवा प्रवाह, समावेशी विकास, सामाजिक न्याय, युवा–महिला सशक्तीकरण तथा स्थानीय पूर्वाधार विकास—यी सबै क्षेत्रमा अग्निसाईर–कृष्णासबरन गाउँपालिकालाई नयाँ गति र नयाँ भरोसा तर्फ डोहोर्याउने संकल्प का अघि बढन् स्पष्ट पारिन् । गाउँपालिकाको साझा प्रगति र समृद्धिका यात्रामा पालिकाबासीहरुको निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा उनले गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।