zoom pc zoom meeting download install zoom to all users install zoom cloud meetings zoom app download zoom installer windows 11 zoom join meeting with passcode

प्रदेश सभापतिको लागि कडा प्रतिष्पर्धा भनिएपनि सभापतिमा कृष्णप्रसाद यादवको विजय सुनिश्चित

   ७ पुष २०७८, बुधबार २०:०७  

तराई टप संवाददाता
जनकपुरधाम, ७ पुस । नेपाली काग्रेस रौतहटको सभापति कृष्णप्रसाद यादव नेका प्रदेश २ को सभापति पदमा उम्मेदवारी दिएको छ ।
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष रुपमा आशिर्वाद रहनुको साथै उनलाई देउवा पक्षको प्रवल उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गर्न लगाएर प्रदेश २ प्रति प्रधानमन्त्रीको पक्षमा बलियो प्रदेशको रुपमा स्थापित गराउने अभियानमा कृष्णप्रयाद यादव लागिपरेको श्रोतले दाबी गरेको हो ।
हिजो देखि सुरु भएको प्रदेश २ को अधिवेशनमा संस्थापन पक्ष (देउवा) समुहबाट पहिलो प्रदेश सभापतिमा रौतहटबासी कृष्णप्रसाद यादवलाई उम्मेदवार बन्न सौभाग्य प्राप्त भएको छ । संस्थापन पक्षका नेताहरुको बैठकले रौतहटका पार्टी सभापति यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरे अनुरुप हिजो उनले सभापति पदका लागि उम्मेदवारी दर्ता गराए ।
संस्थापन पक्षका नेता एवं वर्तमान सरकार प्रमुखको विश्वासपात्रको रुपमा रहनु भएका गृहमन्त्री बालकृष्ण खाँण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, उदय शमशेर राणा, रामहरी खतिवडा, आनन्द ढुंगाना, रमेश रिजाल सहितका नेताहरुको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
अर्को समूहबाट प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री रामसरोज यादबलाई अगाडी सारेर प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गर्न लगाइएको छ । यादव पूर्व उपसभापति विमलेन्द्र निधि निकटका व्यक्ति हुन । निधिका उम्मेदवारलाई कोइराला समूहले समर्थन गरेको छ । तर निधी र कोइराला समुह मिलेपनि रामसरोज यादवलाई जिताउन सक्ने अवस्था छैनन । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सामा कृष्ण प्रसाद यादव अर्थात संस्थापन पक्षको पकड अत्यन्तै मजबुत रहेको तथा सिरहा र सप्तरीमा पनि अवस्था राम्रो रहदा प्रदेश २ को पहिलो सभापतिमा कृष्णप्रसाद यादवको विजय सुनिश्चित रहेको श्रोतले दाबी गरेको छ ।
संस्थापन पक्षबाट सभापतिका उम्मेदवार कृष्ण यादवको समूहबाट उपसभापतिद्धयमा बीरेन्द्र सिंह प्रदेश मन्त्री (सर्लाही), चन्द्रशेखर यादव (बारा), महामन्त्रीद्धयमा उपेन्द्र यादव (सिरहा), वृहस्पतिकुमार श्रेष्ठ (पर्सा), सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र महिला सहमहामन्त्रीमा रीता यादव ( सप्तरी) रहेका छन् । प्रदेश सदस्य पदमा अरुणकुमार साह, नितेश गुप्ता सहितका रौतहटबाट उम्मेदवारी दिएको बताइएको छ । सभापति संगै उनको प्यानलको विजय निश्चित रहको श्रोतको दाबी छ ।
यसैगरी सभापति पदको अर्का उम्मेदवार रामसरोज यादव पक्षबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), विनोद खनाल (सर्लाही – कोइराला पक्ष), महामन्त्रीमा नरेश यादव (सिरहा– कोइराला पक्ष), हरेस महतो (सर्लाही), सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी – कोइराला पक्ष) र निर्मला सुवेदी (बारा) रहेका छन् ।
प्रदेश २ बाहेक ६ वटै प्रदेशमा यअघि नै प्रदेश अधिवेशन सम्पन्न भैसकेको छ । प्रदेश २ का ८ जिल्लामा अझै जिल्ला अधिवेशन भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै