त्रिभुवननगर–सखुवबा सहितका नाकाहरुबाट युनिट इन्चार्ज तथा घुमुवाहरुको सेटिंगमा तस्करको रजगज

0 Shares
तराई टप डेष्क
सर्लाही, ७ मंसिर । सर्लाही जिल्लाको त्रिभुवननगर र सखुवबा नाकाबाट सिविल घुमुवा तथा युनिट इन्चार्जको सेटिंगमा अबैध रुपमा सीमापारीबाट राजस्व छलीका सामानहरु निर्वाध रुपमा भित्रिने कार्य जारी रहेका छन् ।
पर्सा चौकीका इन्चार्ज शम्भु प्रसाद यादव तस्करीमा संलग्न व्यापारी संग आर्थिक सेटिंगमा सीमा वारीपारीको हुने अबैध व्यापारलाई निरन्तरता दिदै आएका हुन् । सीविल घुमुवाहरु तथा सीमावर्ती युनिट इन्चार्जहरुको परोक्ष सेटिंगमा हुने यस्ता कार्यहरु तल देखि लिएर माथि सम्मको भाग उठ्ने गरेको श्रोतको दाबी छ ।
प्रसनी यादवले आफना खास मानिसलाई सादा पोशाकमा सीमापारी सम्म गएर असुली धन्धा जारी राखेको हुँदा तस्करी कार्य ठूलो परिमाणमा जारी रहेको बताइएको हो ।
सखुवबाको अजय दासको विद्यालयको पछाडी धान गोदाम, सत्यम होटेल नजिक भएर कबाडी भारत तर्फ लैजाने गरेको छ । दासले उक्त कार्य गरेवापत यादवलाई महिनावारी रुपमा सेटिंग मिलाएर कारोवार संचालन गरेको स्थानीय श्रोतले तराई टप लाई बतायो ।
भारतबाट धान दैनिक रुपमा भित्रयाएर दासले गोदाममा भण्डारण गर्ने गरेको छ । त्यती मात्रै नभई विजय, पुकार, अजय सहनी, पारस यादव सहितका व्यापारीहरु कपडासहित खाद्यान्नको सामानहरु ओसारीरहेका ति श्रोतले दाबी गरेका छन् ।
यस्तै त्रिभुवन नगर नाका भएर सिविल घुमुवा इन्चार्ज सुभाष यादवको नेतृत्वमा प्रहरी हबलदार भाग्यनारायण साह र प्रहरी जवान मजरुल होदाले ठूलो परिमाणमा सुरेश यादव, अशोक यादव, अनिता, सुनिल, पर्साका सन्तोष भण्डारी व्यापारीहरुले कपडा, किराना सामान, धान गहँु, काजु किसमिस, फलफुलको विरुवा सहितका सामानहरु निर्वाध रुपमा भारतबाट नेपाल र नेपालबाट भारत तस्करीलाई निरन्तरता दिदै आएका छन् ।
केही दिन अघि सिविल घुमुवा इन्चार्ज रंजेश पटेल र राजु पटेल तस्करीको रकम असुलीको कारण बदनाम भईसकेपछि दुबै जनालाई प्रदेश प्रहरी कार्यालयमा तानिदा पनि भाग्यनारायण सहित सहित दुई जना यथावतै रहेको श्रोतले बतायो । अहिले आएर प्रहरी नायव निरीक्षक (सई) सुभाष यादवलाई सिविल इन्चार्ज बनाएर असुली कार्यलाई निरन्तरता दिदै आएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले हामी सीमाबाट हुने चुहावटलाई न्यूनिकरण गर्न हरसम्भव प्रयासलाई जारी राखेका छौं, कुन वेला कसले ल्याउछ भने भन्न धेरै गाह्रो रहेको बताए । सके सम्म हामी चुहावटलाई नियन्त्रणको प्रयासमा युनिट इन्चार्जहरुलाई सक्रिय बनाएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।