लागु औषध नियन्त्रण गराउनमा सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउदै गाउँपालिका अध्यक्ष शम्भु सिंह सहित वडाध्यक्षहरु तथा सरोकारावाला पक्षहरु । तस्वीर तराई टप
रौतहट, ८ मंसिर । रौतहटको दुर्गा भगवती गाउँपालिकालाई लागुऔषध मुक्त पालिका घोषाण हेतु विभिन्न सरोकारावाला पक्षहरु विच सोमवार विहान वृहद छलफल भएका छन् ।
दुर्गा भगवती–१ गंगापिपरा स्थित इलाका प्रहरी कार्यालयको हाता भित्र आज विहान सरोकारवाला पक्ष बीचको भएको वृहद छलफलबाट लागुऔषध मुक्त पालिका घोषणा गर्ने सहित ५ बुंदे निर्णयलाई कार्यान्वयन गराउने सहमती भएका हुन् ।
लागुऔषध नियन्त्रण गर्ने विभिन्न उपायहरु अबलम्बन गर्ने, अतिक्रमित सडकहरुलाई खाली गराउने, समुचित ट्राफिक व्यवस्थापन गर्ने, अबैध मदिरा पूर्ण रुपमा प्रतिबन्ध लगाउदै बैद्य मदिरा राति ८ बजे सम्म मात्रै विक्रीवितरण गर्न पाउने तथा शान्ति सुरक्षामा खलल पुर्याउनेहरुलाई कानुन बमोजिम कारवाहीको डायरामा लग्दा अनावश्यक त्यस्ता व्यक्तिलाई छुटाउन सिफारिस नगर्ने खालका निर्णयहरुमा सहमती जुटको बताइएको छ ।
इलाका प्रहरी कार्यालयमा भएको उक्त छलफल कार्यक्रममा अधिकाँश सहभागीहरुले विद्यालय परिसरमा लागुऔषध एवं मदिरा सेवन गर्नेहरु माथि विशेष निगरानी राखेर त्यस्ता व्यक्तिहरुलाई कानुनी डायरामा ल्याउन एकमतले सहमती भएको प्रहरी नायव निरीक्षक (सई) गौरव दासले बताए ।
उक्त कार्यक्रममा दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह, वडाध्यक्षहरु प्रदुमन चौधरी, धर्मेन्द्रकुमार झा, रामानन्द यादव, पूर्व वडाध्यक्ष रामबाबु यादव, समाजसेवी एवं राजनीतिकर्मी रेबन्त झा, समाजसेवीहरु राजेश चौधरी, छोटन सिंह, हरिशंकरनाथ झा, विरेन्द्रकुमार पाण्डे, विरेन्द्र पाण्डे, सुधिर यादव, आदर्श झा, लखन झा, रामलाल दास अनिलकुमार झा, दिगम्बर पाण्डे, अहमद सहित स्थानीय बासिन्दाहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
लागु औषध नियन्त्रण गराउनमा सक्रिय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउने कार्यक्रममा उपस्थित विभिन्न सरोकारावालाहरु । तस्वीर तराई टप