कृषि तथा पशु पंक्षी विकास मन्त्री यादवको गैर जिम्मेवारी अभिव्यक्तिबाट नेपाली किसान मर्कामा

715 Shares

तराई टप संवाददाता
रौतहट, ८ पुस । देशभरीका किसानहरुलाई रासायनिक मलको हहाकार मचेको अवस्थामा सरकारको जिम्मेवारी लिएर कुर्सीमा बसेका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले रासायनिक मल उपलब्ध गराउन नसकिने बताएपछि किसानहरु झन निराश बनेको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री यादवले रासयनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न किसानहरुलाई सुझाव दिनु कतिको सान्दर्भीक एवं जनता प्रतिको कतिको उत्तरदायी राज्य रहको यसैबाट थाहा हुन्छ । किसानहरु रासायनिक मलको लागि यत्रत्रत भौतारिरहेको वेलामा एउटा जिम्मेवार मन्त्रीको यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको पिडितहरुले बताए ।
मन्त्री यादवले रासायनिक मलको अभाव तत्काल समाधान गर्न सम्भव नरहेकोमा प्राङगारिक मल प्रयोग गर्न किसानलाई सुझाव दिए । रासायनिक मलको अभाव कम गर्न जिटूजी माध्यम उपयुक्त भएपनि धेरै देशलाई पत्राचार गर्दा समेत अहिले कोही रासायनिक मल उपलब्ध गराउन तयार नरहेको उहाँको भनाइ छ । यादवले अन्तर्राष्ट्रिय बजारमा पनि मलखाद्यको अभाव रहेकाले किसानको मागअनुसार पुरा गर्न नसकेको गैर जिम्मेवारी पूर्ण अभिव्यत्ति दिए ।
यादवले पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा नागरिकहरुको आकर्षण बढिरहेको भन्दै कृषिलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । कृषिलाई आत्मनिर्भर बनाउन सरकारले २० वर्षे नीति लिएको भन्दै उहाँले निजी, सहकारी र सरकारी क्षेत्रलाई व्यवस्थित बनाएर अघि बढे सफल हुने दाबी गरे ।
यादवले पशु चिकित्सकहरुले सरकारबाट पाउनुपर्ने कानुनी सुविधा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने भन्दै कृषि सम्बन्धी औषधिहरु उत्पादन गर्न प्रविधिक जनशक्ति खटाउने सोचमा सरकार रहेको जानकारी दिए ।
यादव तराई मधेशको जिल्लाबाट प्रतिनिधित्व गरेर वर्तमान संघिय सरकारमा कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेको छ । तराई मधेशको जिल्लाहरुमा हिउद याममा गहुँ बाली, तरकारी खेती गर्ने गरिन्छ, उक्त खेतीपाती गर्न रासायनिक मल, डिएपी र युरिया आवश्यक पर्दछ तर समयमा उनीहरुलाई उपलब्ध गराउनुपर्ने मा गैर जिम्मेवारी अभिव्यक्ति दिएर प्राङगारिक मलको प्रयोग गर्न सुझाव दिदा अलिकति पनि सोचन शक्ति नरहेको किसानहरुले गम्भीर आरोप लगाए ।
गहुँको विउहरु उम्रिन थालिसकेको त्यसमा युरिया मलको छर्नुृपर्ने देखिन्छ तर मन्त्री जस्तो जिम्मेवार व्यक्तिले प्राङगारिक मलको प्रयोग गर्न सुझाव दिनु निकै दुखद रहेको तिनीहरुको भनाई छ । किसानहरुको समस्या समाधान गर्न नसकिने मन्त्री यादवलाई अलिकति पनि कुर्सीमा बस्ने कुनै अधिकार नरहेको हुँदा तत्काल राजिनामा दिनुपर्ने जस्ता आवाज किसानहरुले अघि सारेको छ ।


चिनियाँ प्रतिबन्धको मार झेल्दै नेपाली किसानहरु


नेपाली किसानहरु हरेक वर्ष विउ सहित रासायनिक मलको समस्या झेल्ने गरेका छन् । नेपालमा एमसिसि पारित हुन्छ भनेर चीनले नेपालमा लेनमा ढल ढुवानीमा प्रतिबन्ध लगाए पछि यस प्रकारको समस्या उत्पन्न भएको छ ।
चीनले आपूर्तिमा लगाएको प्रतिबन्धका कारण नेपालका किसानहरु समस्यामा परेका हुन् । परराष्ट्र मन्त्रालयले पनि चिनियाँ दूतावासलाई खबर गरेको भए पनि कुनै जवाफ नआएको जनाएको छ । चीनले उत्तरी सीमा नाका क्षेत्रमा अघोषित नाकाबन्दीका कारण नेपाली व्यापारीहरुको करोडौंको सामना अलपत्र परेको छ ।

सम्बन्धित समाचार